१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
बलरामा २० किलो लागु औषध गाँजा सहित मोटरसाइकल नियन्त्रणमा – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

बलरामा २० किलो लागु औषध गाँजा सहित मोटरसाइकल नियन्त्रणमा

सर्लाही,१६ चैत्र । सर्लाहीको बलरा नगरपालिकामा सर्लाही प्रहरीले प्रतिबन्धित लागु औषध गाँजा सहित मोटरसाइकल नियन्त्रणमा लिएको छ । बलरा नगरपालिका वडा नं. हथियौल स्थित भित्री सडक खण्डमा प्रहरीले चेकजाँच गर्ने क्रममा २० किलो प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय बलराका प्रहरी सहायक निरीक्षक दिपक कुमार गुप्ताको गस्ती टोलीले नेपाल बाट भारत तर्फ जादै गरेको अन टेस्ट अपाचे मोटरसाइकल रोक्न खोज्दा प्रहरी टोलीलाई देख्न साथ मोटर साइकल छाडी चालक फरार भएको थियो ।

प्रहरीले मोटरसाइकल चेक जाँच गर्दा मोटरसाइकलको पछाडी बाँधिएको बोरामा गाँजा बरामद भएको हो । नियन्त्रणमा लिइएको लागु औषध गाँजा र मोटरसाइकल ईलाका प्रहरी कार्यालय बलराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.