१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
भौतिक मन्त्रालय ६६ प्रतिशात बिकास खर्च गर्न सफल सचिव शर्मा – Nigrani Today
ताजा खबरसमाचारसमाज

भौतिक मन्त्रालय ६६ प्रतिशात बिकास खर्च गर्न सफल सचिव शर्मा

काठमाडौँ ।नेपालमा विकास निर्माण क्षेत्र योजनाहरु छनोट गर्नै सकस पूर्ण हुने गरेको छ । छनोट भएका योजनाहरुमा पनि सम्पूर्ण क्षेत्रको सहयोग समन्वय नहुँदा आयोजनाहरु सफल कार्यान्वयन हुन सकेका छैनन् ।
टुक्रे योजनाहरु बनाएर निर्माणमा बर्षौ लाग्ने नेपालमा बर्षायाममा बाढि पहिरोले अरबौँका संरचना ध्वस्त बनाउने गरेको छ । आयोजना छनोट गर्दा, सम्पूर्ण क्षेत्र संग हुने समन्वयका अभाव, डिपिआर गर्दा कतिपय कुराहरु ख्याल नगर्दा राज्यले बर्षेनी ठूलो नोक्सानी भोग्दै आएको पूर्वाधार विकास समितिका सभापति लालविर चौधरीले बताए ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज काठमाडौंमा विकास खर्चको वर्तमान अवस्था र पूर्वाधार विकासमा देखिएका चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
एनले एक क्षेत्रले अर्को क्षेत्रबाट विभिन्न कुराहरु सिकेर ज्ञान आदान प्रदान गर्दै जानुपर्ने भएपनि त्यो हुन नसक्नु दुखत कुरा भएको बताए । कार्यक्रममा सडक बिभागका महानिर्देशक शुसिलबाबु ढकालले बिभागले नयाँ नयाँ योजनाका साथमा काम गरेको बताए।
यस्तै कार्यक्रममा महालेखा परिक्षकको कार्यालयका उपमहानिर्देशक महेश्वर काफ्लेले नेपालको विकास क्रम एकदमै सुस्त गतिमा अघि बढेको, अहिलेको आवश्यकता अनुसार अघि बढ्न नसकेको बताए ।
अहिलेको अवस्थामा नेपालमा आधुनिक विकासको सिद्धान्तहरु कार्यान्वयन गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै काफ्लेले भने, ‘हामीलाई आधुनिक विकासको मोडेल चाहिएको छ । १५ पञ्चबर्षीय योजना सम्म आइपुग्दा पनि पुरानै कमिकमजोरीलाई निरन्तरता दिने गरेको अवस्था छ ।’
देशमा अहिले रोजगारी, शुद्ध पिउने पानी, भौतिक विकासको क्षेत्रमा विकास भइरहेको भएपति तिव्र गतिमा अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । सरकारी क्षेत्रबाट हुन अधिकांश कामहरु काजगमै सिमित देखिएको उनले बताए ।
आगामि आर्थिक बर्षको बजेट झण्डै १७ अर्ब बढि मध्ये जम्मा ४ खर्च (२५ प्रतिशत)मा छुट्याइएको र त्यो प्रर्याप्त नभएको बताए ।
नेपालमा राजनीतिक आग्रह पूर्वाग्रह, योजना छनोट गरेर कार्यान्वयनको चरममा लैजानै ठूलो सकस हुने गरेको बताए ।
सञ्चारकर्मी आवद्ध रहेको सञ्चार संस्था तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंको अध्यक्षतमा भएको कार्यक्रममा काफ्लेले राजनितिक विवाद्, योजना छनोटमै सकस जस्ता कारणले विकास निर्माणले प्रथामिकता पाउन नसकेको बताएका छन् ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले विकास खर्च नहुने समस्याहरु समाधानका लागि सबै क्षेत्र सहभागि भई छलफल र बहस गर्नुपर्ने बताए ।
उनले भने, ‘विकास बजेट खर्च किन हुन सकेन, यो विषयमा अर्थ मन्त्रालय, विकासे मन्त्रालय र निर्माण व्यवसायीलगायत तीन वटै निकाय बसेर छलफल गर्नुपर्छ । निकास निकाल्नुपर्दछ ।’
गत आर्थिक वर्ष २०७९/८० मा समस्या नै समस्या जेलिएको भएपनि ६६ प्रतिशत विकास खर्च गर्न भौतिक पूर्वाधार तथा यातात मन्त्रालय सफल भएको बताए । उनले भने, ‘राजस्व संकलनमा कमी, स्रोतमाथि दबाब र सरकारले २० प्रतिशत खर्च कटौतीको नीति लिएपनि गत आर्थिक वर्षमा भएको खर्चलाई नराम्रो र कमजोर भन्न नमिल्ने यसलाई औसत खर्चको रुपमा मान्नुपर्छ तर, विगतको वर्षहरुमा भन्दा यस वर्षको खर्च अलिकति कम हो ।’
उनले अघिल्लो आर्थिक वर्षको कमी कमजोरीलाई समिक्षा गरेर चालु आर्थिक वर्षको लागि आजदेखि नै काम कारबाहीलाई तिव्रताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए ।
उनले विकास आयोजनाका छनौट र तयारीमा लामो समय खर्च हुने गरेको भन्दै आयोजनाको छनौट र पूर्वतयारीका लागि समयावधि घटाउनुपर्नेमा जोड दिए । उनले भने, ‘आयोजनाको छनोट र पूर्वतयारी भै नसक्दा नै आयोजना कार्यान्वयनमा जानुपरेको छ, यो क्रम रोकिनुपर्दछ ।’
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष रवि सिंहले राष्ट्रिय योजना आयोगको बास्केटभन्दा बाहिरको योजना र आयोजनाहरुलाई सरकारले समावेश गर्न नहुनेमा जोड दिए ।
अध्यक्ष सिंहले पहुँचवाला व्यक्तिहरुले योजना विना नै विकास आयोजनाहरु आफ्नो क्षेत्रमा लैजाने गर्दा मुलुकभर कयौं योजना तथा आयोजनाहरु अलपत्र अवस्थामा रहेको बताए । उनले भने, ‘मन्त्री, मन्त्रालयका सचिवहरु, विकासे अड्डाका अधिकारी, पहुँचवाला व्यक्तिको क्षेत्रमा कोपभाजनमा हामी निर्माण व्यवसायीहरु प्रिरहेका छौँ त्यसको अन्त्य नभएसम्म विकास खर्चको अवस्था यस्तै रहनेछ ।’
विकास बजेट खर्च नहुनुमा सरकार दोषी रहेको बताउँदै पुँजीगत र विकास खर्च नगर्ने र आलटाल गर्ने गरी आयोजना र योजनाहरु ल्याउने गरेको आरोप लगाए ।
उनले भने, ‘आयोजना र विकास खर्च तर्जुमा गर्दा नै शत प्रतिशत खर्च नहुने गरी अर्थात ५०÷६० प्रतिशत खर्च हुने गरी तर्जुमा गरिन्छ । विगत लामो समय यता पुँजीगत खर्चमा कठिनाई भईरहेको छ । योजना बनाउँदा नै योजनाको बास्तविकता भन्दा बाहिर गएर गरिएको छ । त्यसैले विकास बजेट खर्च हुन सकेको छैन ।’ कार्यक्रमको सन्चालन सुभाष साहले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.