२७ जेष्ठ २०८०, शनिबार | Email:- [email protected] | [email protected]
हजारबिघामा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण हुने – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हजारबिघामा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण हुने

सर्लाही,१९ चैत्र ।सर्लाहीको हरिपुर नगरपालिकामा ९९ लाख ५१ हजार ७०२ रुपैयाँको लागतमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण हुने भएको छ । हरिपुर नगरपालिका वडा नं.१ , हजारबिघामा बहुउद्देश्यीय सामुदायिक भवनको आइतवार शिलान्यास गरिएको छ।

हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल र वडा नम्बर १ ,का वडाध्यक्ष नानीबाबु थापाले भवनको संयुक्तरूपमा शिलान्यास गरेका हुन ।नेपाल सरकार सहरी विकास मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई जनकपुरधाम धनुषाको ९९ लाख ५१ हजार ७०२ रुपैयाँको लागतमा भवन निर्माणा हुन लागेको हो।

निर्माणाधीन भवन शिलान्यास कार्यक्रम हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पजियार, वडा सचिव राजन पाचे मगर, समाजसेवी धुब्र थापा , कुमार ढुङ्गेल लगायत नगरसभाका सदस्यसहरुको सहभागीता रहेको थियो।२०८० साल असोजसम्ममा ठेकेदारले भवन निर्माण पूरा गरि हस्तान्तरण गर्ने वडाध्यक्ष थापाले जानकारी दिए । बहुउद्देश्यीय सामुदायिक भवन दुई तल्लाको हुने र भवनको भुइतल्ला सभाहलको रुपमा प्रयोग हुने उन बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.