१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
सर्लाहीमा रुखले किल्चिएर भारतीय महिलाको मृत्यु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा रुखले किल्चिएर भारतीय महिलाको मृत्यु

सर्लाही,२० चैत्र । सर्लाहीको मलंगवा नगरपालिकामा रुखले किल्चिएर एक भारतीय महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देश भारत बिहार राज्य स्थित सितामढी वडा नं. १८ बस्ने अन्दाजी ५० वर्षीया सुरन्ती देवी महतो रहेको छ ।

आज साढे ११ बजेतिर मलंगवा नगरपालिका वडा नं. ६ खुटौनामा बाटो छेउमा रहेको मसलाको रुख काट्दै गर्दा अचानक रुख ढलेर किच्दा पैदलयात्रु भारतीय महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिनुभयो ।

मृत्क महिला भोजको निम्तो दिन आफन्त काहाँ खुटौना आएको प्रहरी नायव उपरीक्षक राईले बताउनुभयो ।

रुख काटने तथा लडाउने व्यक्तिकोे खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक राईले बताउनुभयो ।

अहिले भने मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.