
सर्लाही,१५ वैशाख । सर्लाहीको ईश्वरपुर नगरपालिकामा गाउँ व्लक भित्र बसोवास गर्ने स्थानियहरुलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।आज ईश्वरपुर नगरपालिका वडा नं. ११ मा ९० जना स्थानियहरुलाई लालपुर्जा वितरण गरिएको हो ।
नगर प्रमुख मनोज कुमार आचार्यको पहलमा नापी कार्यालयले जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरेपछी स्थानियहरु दङ परेका छन। जग्गाधनी दर्ता प्रमाण पुर्जा नापी कार्यालय प्रमुख संजय मनान्धर तथा ईश्वरपुर नगर प्रमुख आचार्यले वितरण गर्नुभएको छ ।
जग्गाधनी दर्ता प्रमाण पुर्जा पाएका अगनु माझीले आफुहरुले यो जग्ग धनी प्रमाण पुर्जा पाउँछु भन्ने विश्वास नै थिएन तर आज पाएपछी एकदमै खुसी भएको बताउनुभयो ।
अर्का स्थानिय गुरु चौधरीले बषौंदेखि जग्गा भएर पनि आफुहरु जग्गाको अधिकारविहीन भएर बसेको बताउनुभयो ।
बिगत १५ वर्ष देखि गाउँ ब्लक जग्गाहरु नापी सुरु भएको थियो ।तर जग्गाधनी दर्ता प्रमाण पुर्जा भने जारी भएको थिएन । नगरपालिकाको पहलमा जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु भएको नापी कार्यालय सर्लाहीका प्रमुख मनान्धरले जानकारी दिनुभयो ।
ईश्वरपुर नगर प्रमुख आचार्यले आफुले गरेको बाचा आज पुरा गरेको बताउनुभयो भयो । उहाले नगरवासीको हरेक समस्या समाधान गर्न आफु उभने बताउनुभयो ।
जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ,योजना शाखा प्रमुख पुष्करमणी घिमिरे,लेखा शाखाका प्रतिनिधि झलक भुजेल, वडा नं.११का कार्यवाहक वडा अध्यक्ष राम पुकार चौधरी, वडा नं.१० का वडा अध्यक्ष राश नारायण चौधरी लगायत,ग्रामिण नारी उत्थान संघ द्धारा संचालित समुन्नति परियोजनाको सामुदाय परिचालक राम विश्वास चौधरी लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको वडा सचिव प्रमेन्द्र चौधरीले जानकारी दिनुभयो ।