१४ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected]
सर्लाहीमा प्रथम राष्ट्रिय लेखक दिवस २०८० मनाइयो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजसाहित्यस्थानीय

सर्लाहीमा प्रथम राष्ट्रिय लेखक दिवस २०८० मनाइयो

अनिता साह, हरिवन

सर्लाही, १६ वैशाख । सर्लाहीको हरिवन नगरपालिकामा हाम्रो प्रतिबद्धता : विचार अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रता मूल नाराका साथ प्रथम राष्ट्रिय लेखक दिवस २०८० मनाइएको छ ।

नेपाली लेखक सङ्घ सर्लाही शाखाको आयोजनामा हरिवन वडा नं ११ स्थित सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा आज नेपाली लेखक सङ्घ सर्लाही शाखाले मुक्तक, कविता तथा गजल वाचन गरेर प्रथम राष्ट्रिय लेखक दिवस २०८० मनाएको छ।

प्रथम राष्ट्रिय लेखक दिवस २०८० को अवसरमा मुक्तककार हरिकृष्ण काफ्ले ,छन्द कवि कुमार दाहाल कुसुम, गजलकार सुमित्रा आचार्य, गद्यकवि सुमन घिमिरे अग्रिम, गजलकार विवश पौडेल, गजलकार कवि सुवेदी कञ्जुश, मुक्तककार रामनारायण चौधरी, मीना देवकोटा, प्रेम घिमिरे, हरि पङ्‌गेनी, जीवन आचार्य, तेजनारायण आलेलगायतका साहित्यकारहरूले मुक्तक, कविता तथा गजल वाचन गर्नुभएको थियो । कार्यक्रममा भवानी घिमिरे, नेपाली काङ्ग्रेसका सर्लाहीका सचिव निरज कार्की, पत्रकार कृष्ण थपलिया, राकेश गुप्ता, सोम दियालीको समेत उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.