१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
जनता प्रावि पोखरीयाको अध्यक्षमा मकसुद अन्सारी चयन – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

जनता प्रावि पोखरीयाको अध्यक्षमा मकसुद अन्सारी चयन

सर्लाही,१६ वैशाख  ।। सर्लाहीको ईश्वरपुर नगरपालिका १ पोखरीयास्थित जनता प्राथमिक विद्यालयको नयाँ व्यवस्थापन समिति चयन भएको छ ।

आज भएको अभिभावकहरुको भेलाले स्थानीय मकसुद आलम अन्सारीको नेतृत्वमा सर्वसम्मत नयाँ व्यवस्थापन समिति चयन गरेको विद्यालयले जनाएको छ ।

नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अन्सारीसहित सदस्यहरुमा चन्द्रदेव राम, कुर्वान अन्सारी, अनिल कुमार चौधरी, महिला सदस्यमा जनिसा खातुन, जरिना खातुन, वडा प्रतिनिधि सदस्य हासिम रेजा अन्सारी र सदस्य सचिव रामचन्द्र चौधरी(प्रधानाध्यापक) चयन भएको विद्यालयका प्रधानाध्यापक चौधरीले जानकारी दिए ।

सो विद्यालयमा यसअघि पनि नयाँ व्यवस्थापन समिति चयन गर्ने प्रयास भएको थियो । तर सर्वसम्मत नभएपछि आज भएको अभिभावक भेलाले सर्वसम्मत नयाँ व्यवस्थापन समिति चयन गरेको विद्यालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.