११ चैत्र २०८०, आईतवार | Email:- [email protected] | [email protected]
सर्लाहीको बसबरियाले सुरु गरे क्षयरोग मुक्त अभियान – Nigrani Today
ताजा खबरप्रदेश २शिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

सर्लाहीको बसबरियाले सुरु गरे क्षयरोग मुक्त अभियान

राधेश्याम कुशवाहा

सर्लाही,१८ वैशाख ।सर्लाहीको बसबरिया गाउँपालिकाले क्षयरोग मुक्त अभियान सुरु गरेको छ । स्थानीय सरकारले गाउँपालिकालाई क्षयरोग मुक्त बनाउनका लागि चालु आर्थिक बर्षमा ५ लाखको बजेट समेत विनियोजन गरेको हो ।

बसबरिया गाउँपालिकाको स्वास्थ शाखाले आज एक कार्यक्रमको आयोजना गरि बागमती सेवा समाजको सहकार्यमा क्षयरोग मुक्त अभियान आजदेखी सन्चालन गरेको स्वास्थ शाखा प्रमुख सहनीले जानकारी दिए ।

क्षयरोग मुक्त अभियान सफल बनाउनका लागि गाउँपालिका अध्यक्ष रामसिहासन राय यादवको संयोजकत्वमा गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष, शिक्षक, स्वास्थ्य संस्थाका कर्मचारी सहित व्यक्तिहरु रहने गरि समिति गठन गरिएको हो ।

गाउँपालिकामा २४ वटा क्षयरोगको विरामी फेला पारिएको बसबरिया गाउँपालिकाको स्वास्थ शाखा प्रमुख सहनीले जानकारी गराए । फेला परेका विरामीहरुलाई पालिकाको ६ वटै वडा अन्तर्गतका स्वास्थ चौकी मार्फत चिकित्सकको प्रत्यक्ष निगरानीमा नियमित औषधी खुवाउने काम भइरहेको छ, उहाँले भने । हामीले नयाँ विरामी पता लगाउन खकार परीक्षणको साथै क्षयरोग रोग सम्बन्धि जनचेतनामूलक कार्यक्रमलाई समेत तिब्रता दिएको उहाँले दाबी गरे ।

सर्लाहीमा २० वटा स्थानीय तह भएपनि बागमती सेवा समाजको आयोजनमा एक मात्र हरिवन नगरपालिका क्षयरोग मुक्त घोषणा हुन सफल भएको हो । बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन यादवले जिल्लाको दोस्रो क्षयरोग मुक्त स्थानीय तह घोषणा गराउन यो अभियानलाई आफनो कार्यकालको पहिलो आर्थिक बर्षमै सन्चालनमा ल्याएको बताए ।

स्थानीय सरकारको पहिलो प्राथमिकता शिक्षा स्वास्थ रहेको दाबी गर्दै जनतामुखी कार्यक्रम ल्याउन हामी पुर्ण प्रतिबद्ध रहेको बताए । सबै क्षेत्रको विकासको जिम्मेवारी स्थानीय तहको टाउकोमा आइपुगेको कार्यक्रम उपस्थित सबै कर्मचारी जनप्रतिनिधिहरुलाई स्मरण गराउदै गाउँपालिकाको चौतर्फी विकासका लागि सबैलाई आ आफनो तवरले सक्दो सहयोग गर्न अपिल समेत गरे ।

क्षयरोग सम्बन्धि सलाईड बागमती सेवा समाजका अमजद अली मिकरानी र सेभ द चिल्ड्रेनका डा. लिला बहादुर बस्नेतले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बसबरिया गाउँपालिकाका का उपाध्यक्ष सरिता कुमारी, निमित्त प्रमुख प्रशासकिय अधिकृत चनचुन यादव, सेभ द चिल्ड्रेनको सेनियर टेक्निकल कोर्डिनेटर डा. लीला बहादुर बस्नेत, बागमती सेवा समाजको क्षयरोग प्रोजेक्टको प्रोग्राम मैनेजर अमजद अली मिकरानी, सबै वडाका वडाअध्यक्षहरु, सबै स्वास्थ चौकीका प्रमुख, स्वास्थ्यकर्मी कर्मचारी लगायत संचारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.