१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
बाल विकास नेपालले घर घरमै पुगी विद्यार्थी भर्ना गर्दै – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

बाल विकास नेपालले घर घरमै पुगी विद्यार्थी भर्ना गर्दै

धनौकल,१८ वैशाख ।सर्लाहीको धनकौल गाउँपालिका र विष्णु गाउँपालिकामा बाल विकास नेपाल बरहथवाले घर घरमै पुगी विद्यार्थी भर्ना अभियान सुरु गरेको छ ।

धनकौल तथा विष्णु गाउँपालिकाको सहयोगमा बाल विकास नेपालले गाउँपालिका भरीकै समुदायिक विद्यालयहरुको अभिभारा बोँकी विद्यालय बाहिर रहेका बालबालिकाहरुको विद्यालय भर्ना गरिरहेको बाल विकास नेपालका अध्यक्ष बिरेन्द्र यादवले जानकारी दिए ।

समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान मुल नाराको साथ शैक्षिक सत्र २०८० को लागि बाल विकास नेपालले विद्यार्थी भर्ना अभियान सुरु गरेको हो ।

बाल विकास नेपालले खास गरी विद्यार्थीहरु विगतमा विद्यालय गएको तर बिचैमै विभिन्न कारणले गर्दा विद्यालय छाडेका छात्र तथा छात्राको विद्यार्थी भर्ना अभियान सुरु गरी सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरु भर्ना गरिरहेको अध्यक्ष यादवले बताए ।

बाल विकास नेपालले विद्यार्थी भर्ना अभियान मार्फत विद्यालय छाडेका तथा अन्य विद्यार्थीहरु गरी १ हजार छात्र तथा छात्राहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने छ ।

धनकौल गाउँपालिकामा १४ वटा र विष्णु गाउँपालिकको १० विद्यालयमा विद्यार्थीहरु भर्ना गरिने अध्यक्ष यादवले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.