२७ जेष्ठ २०८०, शनिबार | Email:- [email protected] | [email protected]
चन्द्रनगरका खेलाडीहरुलाई गाउँपालिकाले गर्यो मनाेबल बढाउन समान – Nigrani Today
खेलकुदताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगरका खेलाडीहरुलाई गाउँपालिकाले गर्यो मनाेबल बढाउन समान

सर्लाही,२१ वैशाख । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले विभिन्न खेलका खेलाडीहरुलाई मनाेबल बढाउन समान गरेको छ । गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा गाउँपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, प्रदेश स्तरीय तथा राष्ट्रिय स्तर सम्म पुग्न सफल भएका खेलाडीहरुलाई समान सहित प्रमाण पत्र तथा मेडल प्रदान गरेको छ।

गाउँपालिका भित्र रहेको विभिन्न विद्यालयका छात्रा तर्फ कबडी खेलमा दोस्रो, छात्र तर्फ भलिवल खेलमा तेस्रो र छात्रा तर्फ रिले खेलमा तेस्रो र प्रदेश तथा राष्ट्रिय स्तरको खेल खेल्ने खेलाडीहरुलाई समान गरिएको शिक्षा शाखाका प्रतिनिधि देन कुमार महतोले जानकारी दिए।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भलिबल तर्फ सम्मानित हुने खेलाडीहरु प्रभात कुमार चौधरी, आयुष कुमार चौधरी, रोहन कुमार चौधरी, जीवन कुमार चौधरी, निशान्त कुमार चौधरी, अनिष कुमार चौधरी, आदित्य कुमार चौधरी, अनिष कुमार चौधरी, मेघाकान्त कुमार चौधरी रहेका छन ।

त्यस्तै कबडी तर्फ समानित हुनेहरुमा अस्मिता कुमारी कापर,प्रतिमा कुमारी यादव, उषा कुमारी राउत, शिल्पा कुमारी सिंह, मधु कुमारी सिंह, प्रियंका कुमारी महतो, करीश्मा कुमारी महतो, पिंकी कुमारी साह, चन्द्रिका राउत,पिंकी कुमारी महतो रहेकी छन ।

त्यस्तै प्रदेश स्तरीय तर्फ माधुरी सिंह र चन्द्रिका महतो समानित भएकी छन भने प्रदेश स्तरीय हुदैँ राष्ट्रिय स्तर सम्म खेल खेली चन्द्रनगरलाई देशैभरी चिनाउने आशा कुमारी महतोलाई पनि समान गरिएको प्रशिक्षक संतोष कुमार सिंहले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष महतोले चन्द्रनगरका खेलाडीहरुलार्ई उत्कृष्ट तथा दक्षता प्रदान गर्न छिट्टै प्रशिक्षकको व्यवस्था गर्ने घोषणा गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.