२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
महिला र पुूरूस बीच ठुलो खाडल रहेको प्रदेश सभा सदस्य लुङ्गेलीको भनाइ – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

महिला र पुूरूस बीच ठुलो खाडल रहेको प्रदेश सभा सदस्य लुङ्गेलीको भनाइ

सर्लाही,२२ वैशाख ।सर्लाही क्षेत्र नं.१ (ख) की प्रदेश सभा सदस्य बेची लुङ्गेलीले महिलाहरूलाई आर्थिक सामाजिक रूपमा अघि बढाउन सीप र राेजगरीसंग जाेड्न आवश्यक रहेको बताएकी छिन् ।

सीपले राेजगारी सृजना गर्ने र महिलाहरू आर्थिक रूपमा सबल हुने उनको विश्वास छ ।उनले महिलामा सीप बिकास गर्न आफुले सहयोग गर्ने बताउदै,स्थानीय तहलाई पनि आवश्यक बजेट व्यवस्था मिलाइदिन आग्रह गरिन ।

महिला हिंसा विरूद्धकाे २ दिने चेतनामूलक कार्यक्रममा बाेल्दै कार्यक्रमकाे प्रमुख अतिथिसमेत रहेकी प्रदेश सभा सदस्य लुङ्गेलीले यस्तो बताएकी हुन ।सामाजिक संस्कार र संस्कृतिकाे कारण महिला हिंसाको घट्ना घट्न नसकेको उनले बताइन् ।

उनले सरल संस्कृति र संस्कारको बिकाश गर्न आवश्यक रहेको बताइन् ।सामाजिक आन्दोलनमा महिलाको भूमिका महत्त्वपूर्ण रहेको भएपनि महिला र पुूरूस बीच ठुलो खाडल रहेको बताइन्।

लालबन्दी नगरपालिका प्रमुख (मेयर) वासुदेव अधिकारीले लैङ्गकि समानताको लागि एक भएर अघि बढ्न आग्रह गरे ।

माया,सम्मान र शिष्टता बिर्सदैजादा समाजमा हिंसाको घटना बढेको बताउदै कार्यक्रमकाे बिष्ट अतिथिसमेत रहेका मेयर अधिकारीले बुद्धले दिएको उपदेशहरूबाट प्रेरणा लिएर अघि बढ्नुपर्ने बताए ।

समानताको कुरा गरिरहदा लालबन्दीमा छाेरिलाई छाेरा सरह समान अंश दिने सम्भवतः आफुनै पहिलो व्यक्ति हुनसक्ने उनको तर्क थियो । मेयर अधिकारीले छाेरा रछाेरीलाई समान शिक्षा र सम्पत्ति दिन आवश्यक रहेको तर्क गरे ।

फरक प्रसंगमा मेयर अधिकारीले लालबन्दीकाे बिकाशकाे लागि आफुले ५ वर्षमा ५ वटा मुख्य काम गर्न प्रक्रिया अघि बढाएको बताए ।

उनले पहिलो काम लालबन्दीकाे ऐलानी जग्गा,सुकुम्बासी र अव्यवस्थित बसाेबासीकाे समस्य समाधान,नगर अस्पताल निर्माण ,लालबन्दी दुम्जा सडक, प्राविधिक शिक्षा अघि बढाउन काठमाडौं विश्वविद्यालय संग सम्झौता गरि परवानीपुरमा कृषि,वन विज्ञान अध्यापन र युवाहरूलाई खेलकुदका क्षेत्रमा अघि बढाउनका लागि रंगशाला निर्माणलाई प्राथमिकता राखेर कार्य प्रारम्भ गरिसकेको बताए ।

गाउँ सुधार विकास संस्था लालबन्दी ७ की अध्यक्ष लक्ष्मी (प्रधान) गाेलेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकी विष्ट अतिथि लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना माया पाख्रिन,महिला नेतृ पम्फा लामा,सानु पाख्रिनले महिला हिंसा अन्त्यका लागि चेतनामूलक कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने तर्क गरे ।

लालबन्दी नगरपालिकाकाे आर्थिक सहयोग तथा गाउँ सुधार विकास संस्था लालबन्दी ७ काे आयोजना शुक्रवारबाट प्रशिक्षणकाे माध्यमबाट चेतना अभिवृद्धि गर्ने उद्देश्यले सुरु भएको कार्यक्रममा पार्वती विश्वकर्माले प्रशिक्षण प्रदान गर्ने संस्थाकी उपाध्यक्ष लक्ष्मी (खरेल) थपलियाले जानकारी दिइन् । प्रशिक्षण शनिवार सम्म चल्ने र कार्यक्रम सञ्चालिका गीता विश्वकर्मा जनारी दिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.