१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
प्रेस युनियन सर्लाहीको नव निर्वाचित पदाधिकारीले गरे, अग्नि पिडितलाई सहयाेग – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

प्रेस युनियन सर्लाहीको नव निर्वाचित पदाधिकारीले गरे, अग्नि पिडितलाई सहयाेग

सर्लाही,२९ वैशाख । नेपाल प्रेस युनियन सर्लाहीको नव निर्वाचित पदाधिकारीहरुले अग्नि पीडितलाई सहयाेग गरेका छन् ।
बिहीबार सम्पन्न सातौ जिल्ला अधिवेशनबाट निर्विराेध अध्यक्ष बनेका कृष्णप्रसाद थपलिया नेतृत्वको टिमले लालबान्दी २ स्थित गैरी टाेलका तीन घर अग्नपीडितलाई दाल, चामल, नुन तेल लगायतका खाद्यान्न सामाग्री प्रदान गरेकाे हाे ।
युनियनका पुर्व अध्यक्ष समेत रहेका बरिस्ठ पत्रकार कृष्णकुमार एस्मालीसहितकाे टाेलीले पिडितलाई भेटी राहत सामाग्री प्रदान गरिएकाे युनियन सर्लाहीले जनाएको छ ।
हरिपुर स्थित रेडक्रस भवनमा बुधबार सुरु भएकाे जिल्ला अधिवेशन बिहीबार नयाँ नेतृत्व चयन गर्दै सकिएको थियाे ।अधिवेशनले पुनः कृष्णप्रसाद थपलियाको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति निर्विरोध चयन चयन गरेकाे थियाे ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा विनोद महतो,महिला उपाध्यक्षमा सिर्जना बस्नेत ,सचिवमा रामबाबु खड्का,कोषाध्यक्षमा लबहरि ढुगेल,सहसचिवमा अनिता साह, सदस्यहरुमा सुदर्शन रिजाल ,रविन्द्र ठाकुर,,मुकेश मिश्र, अम्बिका बुढाथोकी ,कुमार दाहाल ,मोहन उप्रेती ,चाँदनी दास,उदय पाख्रिन,वर्षा झा,नवीन उप्रेती र अर्पणा मल्लिक निर्विरोध चयन भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.