२७ जेष्ठ २०८०, शनिबार | Email:- [email protected] | [email protected]
मधेस प्रदेशकी सांसद जैनव खातुनले दिए विकास निर्माणका कार्यलाई तिब्रता  – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

मधेस प्रदेशकी सांसद जैनव खातुनले दिए विकास निर्माणका कार्यलाई तिब्रता 

रौतहट ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेस प्रदेशकी सांसद जैनव खातुनले जिल्लामा विकास निर्माणका कार्यलाई तिब्रता दिएकी छन् ।

रौतहट ३ ‘क’ मा उनले बिकास निर्माण कार्यमा तिब्रता दिएकी हुन् । सांसद भए पछि जिल्लाको बिकास निर्माणका लागि अहोरात्र खट्छु भनेर गरेको चुनावी बाचा र प्रतिबद्धता पूरा गर्ने प्रदेश सांसद खातुनले क्षेत्रमा बिकास निर्माणका काम गर्न अग्रसरता देखाएका हुन् ।

एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई निरन्तरता दिएको बताउँदै उनले समृद्ध नेपाल निर्माणको अभियानमा आफूहरु सधै सक्रिय रहेको सांसद खातुनले बताईन् । एमालेलाई अझैं संगठनलाई मजबूत बनाउन नेता कार्यकर्तालाई उनले सुझाव दिईन ।

सांसद खातुनले आज (शुक्रबार) एक कार्यक्रमका बिच आफ्नो निर्वाचन क्षेत्रको फतुवा विजयपुर नगरपालिका वडा नं ५ सन्तपुर दोस्तियामा सडक निर्माण कार्यको शिलान्यास गरेकी छन् ।

सांसद खातुनले फतुवा विजयपुर र कटहरिया नगरपालिकाको विभिन्न वडामा नयाँ सड्क निकासा र सडक मर्मत तथा ढलान कार्यमा ६९ लाख, मन्दिर निर्माण तथा मर्मत सम्भारमा १० लाख, जनजगाह ६ लाख, र चौतारा निर्माणमा १० लाखको लागतमा आफ्नो संसदीय कोष मार्फत एक करोडको लागतमा निर्माण कार्य भई रहेको प्रदेश सांसद् जैनव खातुनको स्वकीय सचिव मोमताजराय भाटले जानकारी दिएका छन् । शिलान्यास भएपछि स्थानीयबासी धेरै हर्सित भएका छन् ।

शिलान्यासको क्रममा प्रदेश सांसद खातुनले आफुलाई जनताले आफ्नो दुःख सुखमा सरिक हुन तथा क्षेत्रमा चाहिएको बिकास र परिवर्तनको लागि निर्वाचित गराएको भन्दै जनताको आशा र अपेक्षा पूरा गर्न हरदम तत्पर रहने बताईन् । आउँने दिनमा अब एमाले दुई तिहाई बहुमतको साथमा सरकार बन्ने आफू विश्वस्त रहेको जिकिर उनको छ ।

आफ्नो क्षेत्रको बिकास निर्माणका लागि कुनै कसर बाकी नराख्ने बताउदै स्थानीय सरकारको समन्वय र सहयोग पनि अपरिहार्य रहेको उनले बताईन् । उक्त शिलान्यास कार्यक्रममा एमाले मधेश प्रदेश कमिटी सदस्य सहबान खा, एमाले फतुवा विजयपुर नगर कमिटी अध्यक्ष एवम वडा अध्यक्ष रामएकवाल राय यादव, एमालेका वडा प्रत्यासी मोबिन आलम यसै वडाका सचिव हिरालाल महतो लगायतका अन्य जन प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.