१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
आगलागी पिडित परिवारमा अध्यक्ष कार्कीको राहत सहयोग – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

आगलागी पिडित परिवारमा अध्यक्ष कार्कीको राहत सहयोग

सर्लाही,२९ वैशाख । सर्लाहीको हरिवन नगरपालिका वडा नं. १ कैलाशपुरीमा भएको आगलागी पिडित परिवारलाई राहत सामग्री प्रदान गरिएको छ ।

बुधवार बिहान स्थानिय मनिषा श्रेष्ठको घरमा आगलागी हुदाँ घर सहित लाखौँको समान जलेर नष्ट भएपछी बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले आज त्रिपाल–२ थान,मण्डी–२ थान,प्लास्टिकको चट्टाइ–२ थान,झुल–२ थान,नाइलनको डोरि –२ थान, सोलार वति–१ थान र चामल–१ बोरा प्रदान गर्नुभएको छ ।

हरिवन नगरपालिकाको बिकट क्षेत्र मानिने कैलाशपुरीमा बागमती सेवा समाज नेपालका अध्यक्ष कार्कीको टोलीले पैदल यात्रा गरेर आगलागी पिडित परिवारको घरमै पुगी राहत सामग्रीहरु वितरण गर्नुभएको छ । राहत पाएपछि आगलागी पिडित परिवार खुसी भएका छन ।


राहत सामग्री वाडा अध्यक्ष टम बहादुर घिसिङको रोहवर तथा सुकदेव कार्की,यम बहादुर भुजेल,मनु आलेको उपस्थितिमा तत्काल ब्यबस्थापनको लागी अध्यक्ष कार्कीले राहत सामग्री पिडित परिवारलाई हस्तान्तरण गरेको बागमती सेवा समाज नेपालले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.