
सर्लाही ।। सर्लाहीको क्षेत्र न. ४ (२) को सिमावर्ती क्षेत्रमा नेपाल टेलिकमको ३ वटा टावर निर्माण हुने भएको छ ।
प्रदेश सांसद फकिरा महतो को पहलमा क्षेत्र न. ४ (२) का ३ वटै स्थानिय तहको सिमावर्ती क्षेत्रमा एक–एक टावर निर्माण हुन लागेको हो ।
क्षेत्रका बिष्णु गाउँपालिका वार्ड न.३ मधुवन बजार, गोडैता नपा वार्ड न.२ पिपरनाथ र बलरा नपा वार्ड न. ६ मिर्जापुर मा निर्माण टावर हुन लागेको माननिय महतोको निकटतम व्यक्ति विजय महतोले जानकारी दिए ।
क्षेत्रवासीलाई नेटवर्कको समस्याबाट राहत पाउन र सबै जनतामा मोबाईल, इन्टरनेट पहुँच पुर्याउन टावर निर्माणका लागि पहले गरेको माननिय फकिरा महतोले बताए ।
क्षेत्रमा धरदैलो तथा जनतासंग भेटघाट गर्दा मोबाईलमा नेटवर्क नआउने र कहि आएपनि फोरजी नचल्ने जस्ता गुनासो सर्वधारणबाट पटक पटक आउने गरेका थिए । उहाँले भने । जनताको समस्यालाई समाधान गर्न जनप्रनिधिको पहिलो कर्तव्य रहेको बताउदै टावर निर्माण लागि संचार तथा सुचना प्रविधि मन्त्रालयसंग पहल गरेपछि अहिले ३ वटा टावर निर्माण हुन लागेको छ ।
मैले क्षेत्रमा रहेका नेटवर्क समस्यालाई लिएर ९ वटा टावरको माग गरेका थिए, उहाँले भने । अहिले ३ वटा टावरको निर्माणका लागि स्विकृति मिलेको छ । बाँकी रहेका ६ वटा टावर समेत समेत स्विकृति पाउनेमा आशावादी रहेको उहाँले जिकिर गरे ।
सर्लाहीका सिमावर्ती क्षेत्रमा जनताहरु अहिले पनि मोबाईलमा नेटवर्क नआउने समस्याले पिडित रहेको स्थानियवासीहरु बताउँछन ।
मोबाईलमा नेटवर्क नआउने, आएपनि प्रस्ट कुरा नहुने, इन्टरनेट नचल्ने जस्ता समस्याले गर्दा सिमावर्ती क्षेत्रमा नागरिक पिडित रहेको स्थानिय हिमांशु सिंहले बताए ।
नेटवर्कको समस्याले गर्दा सिमावर्ती क्षेत्रका मानिसहरुलाई मोबाईलमा इन्टरनेट चलाउन भारतीय सिम जियो र एयरटेल प्रयोग गर्नुपरेको बाध्यता रही आएको उहाँले गुनासो गरे ।
सिमावर्ती क्षेत्रमा नेपाल टेलिकमको टावर निर्माणले नेटवर्कसंग सम्बन्धि हरेक समस्यासंग सर्वसाधारणले राहत पाउने र मोबाईल इन्टरनेटबाट बाहिर रहेका नागरिकलाई सुचना तथा संचारमा पहुँच पुर्याउने अपेक्षा गरिएको हो ।