९ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
संसदमा सवाल जवाफ : प्रभु साहले गरेको प्रश्नको जवाफ दिदै प्रचण्डले भने, ‘गौर हत्या काण्ड’को छानविन हुन्छ – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

संसदमा सवाल जवाफ : प्रभु साहले गरेको प्रश्नको जवाफ दिदै प्रचण्डले भने, ‘गौर हत्या काण्ड’को छानविन हुन्छ

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौर हत्या काण्डको छानविन हुने बताएका छन् ।

बिहिबार प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले गौर हत्या काण्डको बारेमा प्रश्न गरेपछि प्रधानमन्त्री प्रचण्डले यस्तो जवाफ दिएका हुन् ।

‘गौर हत्या काण्डको बारेमा के छानविन भयो, हत्याराहरु कहिले कारवाही भोग्ने हो भन्ने सांसद साहको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतका सबै विभत्स र भयानक हत्याकाण्डहरुको नयाँ शिराबाट छानबिन हुनुपर्छ, चाहे त्यो गौरको केस होस् चाहे दरबार हत्याकाण्ड । यी घटनाहरुको नयाँ शिराबाट छानबिन हुनुपर्छ । गौर र दरबार हत्याकान्डको पनि नयाँ शिराबाट छानबिन हुनुपर्दछ । मदन–आश्रितका बारेमा नयाँ शिराबाट छानबिन थाल्नुपर्दछ । सवै दलको सहमतिअनुसार उपयुक्त बाटोबाट अघि बढ्नुपर्दछ ।’

यस्तै सांसद साहको अर्को प्रश्न थियो, ‘अहिलेसम्म नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिनेहरुको संख्या कति छ रु उनीहरुले किन नेपाल त्याग गरे रु नेपाल छोडेपछि उनीहरूको सम्पत्तिको अवस्था के छ रु विदेश लगे भने के कति सम्पत्ति लगे रु यसलाई रोक्न सरकारले अहिले सम्म के कस्तो कदम चालेको छ रु आखिर किन नेपालीहरुले नेपालमा भविष्य देख्न छाडे ’

साहले गरेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले नेपाली नागरिकता त्यागेर विदेश बस्नेको तथ्यांक गृहमन्त्रालयले राखिरहेको बताए । नेपालमा रहेको सम्पत्ति बेचविखन गरेर लैजान नपाउने कानुनी व्यवस्था बताउँदै उनले विद्यार्थी र पर्यटनमा बाहिरिने मुद्राका विषयमा राष्ट्र बैंक रेकर्ड राखेर सार्वजनिक गर्ने गरेको बताए ।

प्रतिनिधि सभा नियमावलीले हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर कार्यक्रम गर्ने व्यवस्था गरेको छ । सरकारसँग सम्बन्धित विभिन्न विषयमा प्रधानमन्त्रीसंग जवाफ माग्न हुने उक्त कार्यक्रम बिहीबार पहिलोपल्ट भएको छ ।

प्रतिनिधि सभाको नियमावलीमा जम्मा १५ जना सांसदले प्रश्न गर्न पाउने उल्लेख भए पनि पहिलो दिन २० जना सांसदले आफ्ना प्रश्न राखेका छन् । नियम निलम्बन गरेर प्रश्नका आकांक्षी थप पाँच जनालाई समेत समेटिएको हो ।

प्रश्न राख्ने सांसद्को संख्याका विषयमा विवाद भएपछि संसद ढिलोगरी सुरु भएको थियो । सांसदहरुको आर्थिक अवस्था, नक्कली भुटानी शरणार्थी प्रकरण, भारत भ्रमण र सीमा विवादका साथै अन्य समसामयिक विषयमा प्रश्न गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.