१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
अधुरा आयोजनाहरु पुरा गरेर मात्र अन्य आयोजनाहरुमा लगानी गर्न गाउँपालिका राष्ट्रिय महासँघको आग्रह – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

अधुरा आयोजनाहरु पुरा गरेर मात्र अन्य आयोजनाहरुमा लगानी गर्न गाउँपालिका राष्ट्रिय महासँघको आग्रह

धनुषा । गाउँपालिका राष्ट्रिय महासँघ नेपालले अर्थ मन्त्रालयको कार्यालय मधेश प्रदेश, जनकपुरधामलाई ध्यानाकर्षण पत्र लेखेको छ । गाउँपालिका राष्ट्रिय महासँघ नेपालले अर्थमन्त्री संजय कुमार यादवलाई सम्बोधन गर्नेगरी विभिन्न माग सहित ध्यानाकर्षण पत्र लेखेको छ । गाउँपालिका राष्ट्रिय महासँघ नेपालले स्थानिय तहमा अधुरा आयोजनाहरु पुरा गरेर मात्र अन्य आयोजनाहरुमा लगानी गर्न ध्यानाकर्षण पत्र मार्फत आग्रह गरेको छ । स्थानिय सरकार सँचालनका क्रममा देखिएका बिधमान चुनौतीहरुमा प्रदेश सरकारबाट प्रप्त हुने सशर्त अनुदान,विशेष अनुदान र समपुरक अनुदानको बजेट आ.व. अन्तिम मसान्त सम्ममा स्थानीय सरकारमा उपल्बध नभएकोले यथाशिघ्र निकाशको लागि प्रदेश अर्थ मन्त्रालयको ध्यानाकर्षण गाउँपालिका राष्ट्रिय महासँघको भएको पत्रमा उल्लेख छ ।

यसैगरी सँघ र स्थानिय तहबाट सँचालित आयोजनाहरुमा प्रदेशको समेत सहभागीता हुने गरि आबश्यक बजेटका लागी नितिगत ब्यबस्था गर्न, स–साना आयोजना तथा कार्यक्रममा बजेट पठाउँदा कार्यान्वयनमा दोहोरोपना आउने, व्यवस्थापन लागत बढी लाग्ने र अनुगमन तथा सुपरीवेक्षणमा समेत समस्या भैरहेकोले प्रदेश सरकारबाट विनियोजन गर्ने विकास आयोजनाहरुलाई खुद्रा रुपमा नभई ठुला आयोजनामा मात्र जोड दिन, प्रदेश सरकारबाट शुरु गरिएका अधुरा आयोजनाहरु पुरा गरेर मात्र अन्य आयोजनाहरुमा लगानी गर्नुपर्ने । प्रदेश सरकारले सञ्चालन गर्ने आयोजना तथा कार्यक्रमहरु कम्तिमा प्रदेशको गौरब र समग्र विकासमा योगदान पुग्ने प्रकारका हुनुपर्ने, प्रदेश अर्थ मन्त्रालयले प्रदान गर्ने समपुरक कोषको आकार बढाउनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

त्यस्तै स्थानीय तहको सभाबाट पारित गरी पठाइएका योजनाबाहेक प्रदेश र संघबाट स्थानीय तहको अधिकार क्षेत्रभित्रका बिषयमा अन्य स–साना प्रकृतिका योजनामा बजेट विनियोजन गर्ने प्रबृतिको अन्त्य गरियोस् । प्रदेश तथा संघीय योजना तर्जुमा गर्दा स्थानीय सरकार तथा संघ÷महासंघहरुसँगको परामर्शमा मात्र गरियोस् , मिति २०८० साल बैशाख १२ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अन्तिम किस्ताको बित्तीय समानीकरण अनुदान कटौतीले आन्तरिक आय कम भएका स्थानिय तहलाई गम्भिर असर पर्ने भएकोले प्रदेश अर्थ मन्त्रालय मार्फत सँघिय सरकारको ध्यानआकर्षण गाउँपालिका राष्ट्रिय महासँघको भएको ध्यानआकर्षण पत्रमा उल्ल्ेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.