१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
पर्सा गाउँपालिकामा टुहुरो बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

पर्सा गाउँपालिकामा टुहुरो बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

सर्लाही,६ जेठ । सर्लाहीको पर्सा गाउँपालिकामा टुहुरो बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । बाल कल्याण समाज सर्लाहीले पर्सा गाउँपालिका वडा नं. ४ कविलासीमा रहेको श्री आधारभुत विद्यालयमा अध्यनरत २५ जना टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । शैक्षिक सामग्रीमा कापी,डटपेन, औजार बक्स,कलर बक्स लगायतको सामग्री रहेको छ ।

पर्सा जिल्ला स्थित बिरगंजमा रहेको माईस्थान बिद्यापीठ माध्यमिक विद्यालय , ठाकुर राम बहुमुखी क्याम्पस , सन लाईट अंग्रेजी मा.वि. , हेरिटेज मा. वि. बिरगंज गण्डक , साउथ जोन मा. वि. , र अल्पाईन मा. वि.मा अध्यनरत बिद्यार्थीहरुको आर्थिक सहयोगमा बाल कल्याण समाज सर्लाहीले उक्त शैक्षिक सामग्री वितरण गरेको संस्थाका अध्यक्ष सुन्दर श्याम रायले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.