२७ जेष्ठ २०८०, शनिबार | Email:- [email protected] | [email protected]
काठमाण्डौँ विश्वविद्यालयको शाखा लालबन्दीमा विस्तार हुने – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

काठमाण्डौँ विश्वविद्यालयको शाखा लालबन्दीमा विस्तार हुने

सर्लाही । काठमाण्डौँ विश्वविद्यालयको शाखा जिल्लाको लालबन्दीमा विस्तार हुने भएको छ । कृषि क्याम्पस संचालनका लागि विश्वविद्यालय र लालबन्दी नगरपालिकाबिच समझदारी भएको छ ।शुक्रवार बालकुमारी ललितपुरस्थित स्कुल अफ म्यानेजमेन्ट परिसरमा लालबन्दी नगरपालिका को तर्फबाट नगर प्रमुख वासुदेव अधिकारी र विश्वविद्यालयको तर्फबाट रजिष्टार प्राध्यापक अच्युत वाग्लेले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।

समझदारी अनुसार काठमाण्डौँ विश्वविद्यालयले मन्त्रिपरिषद्को निर्णयबाट जग्गा प्राप्ति भएको ६ महिना भित्रै भौतिक पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिए २ वर्ष भित्र अध्यापन सुरु गर्ने छ ।विश्वविद्यालयले लालबन्दी नगर क्षेत्रको माध्यमिक तहका विद्यालयमा शैक्षिक सुधारका लागि पनि नगरसंग सहकार्य गरेर काम गर्ने समझदारी पत्रमा उल्लेख रहेको नगर प्रमुखका स्वकीय सचिव भानुभक्त बरालले जानकारी दिए ।लालबन्दी नगरले मधेश प्रदेशमा विश्वविद्यालयको कार्यक्रम विस्तारका लागि आवश्यक जग्गासहित अन्य सहयोग गर्ने समझदारी पत्रमा उल्लेख छ ।नगरप्रमुख अधिकारीले लालबन्दीको बिकाशको लागि ५ मुख्य प्राथमिक निर्धारण गरेर काम गरेको बताए ।

उनले काठमाण्डौँ विश्वविद्यालय संग सहकार्य गरेर स्नातक,स्नातकोत्तर तह सम्म अध्ययनका लागि कृषि क्याम्पस स्थापना,लालबन्दी दुम्जा सडक, सुविधा सम्पन्न नगर अस्पताल,ऐलानी जग्गा व्यवस्थापन र रंगशाला निर्माणकार्यलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए । केहि नयाँ सुरुवात गरेर जान सके पछिल्ला दिनमा यस्ता कार्यक्रम र योजनालाई मुर्त रुप दिन सकिन्छ भन्ने लागेर नै आफुले काठमाण्डौँ विश्वविद्यालयसँग सहकार्य गरेको बताए ।समझदारी पत्र आदानप्रदानका क्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक भोला थापाले लालबन्दी नगरपालिकाले काठमाण्डौँ विश्वविद्यालयलाई मधेशमा स्थापित गराउन सहकार्य गरेकोमा खुसि ब्यक्त गरेका स्वकीय सचिव बरालले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.