१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
विकाउ समाजले टिकाउ नेता जन्माउन नसक्ने नेता पासवानको भनाई – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

विकाउ समाजले टिकाउ नेता जन्माउन नसक्ने नेता पासवानको भनाई

धनुषा,५ भदौ । बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता राजाराम पासवानले विकाउ समाजले टिकाउ नेता जनमाउन नसक्ने बताउनुभएको छ ।बहुजन समाजलाई शासक बनाउने मिसनलाई अगाडि बढाउदै बहुजन एकता पार्टी नेपालले धनुषा जिल्लाको क्षीरेस्वोरनाथ नगरपालिका औराहामा संगठन बिस्तार विस्तारको क्रममा नेता पासवानले बताउनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पासवानले कार्यक्रमलाई सम्वोधन गर्नु हुदैँ बिकाउ समाजले टिकाउ नेता पैदा गर्न न सक्ने हुँदा अब बिक्ने समाजलाई नबिक्ने समाज निर्माण गर्नु हाम्रो कर्तव्य रहेको बताउनुभयो।बौद्धिक बेइमानहरुको बेइमानीको कारण बहुजन समाज दासता जीवन बाच्न बाध्य भएको भन्दै पढेलेखेका एवं जागिरदार बहुजनहरुलाई इमानदार हुन नेता पासवानले आग्रह गर्नुभयो। नेता पासवानले विभिन्न मनुवादी पार्टीहरुमा लागेर दलित बहुजन कहिले पनि सरकार बन्न न सक्ने भएको हुँदा पार्टी भित्रको गुलाम बन्ने र समाजलाई दास बनाउने प्रवृति छोडेर बहुजन एकता पार्टीमा जुड्न सबैलाई आह्वान समेत गर्नुभएको छ ।

हुकुमरान नबने हत्या हिंसा र बलात्कार रोकिन न सक्ने ,शिक्षा,स्वास्थ,रोजगारको ग्यारेन्टी हुन नस्क्ने तथा आत्मसम्मानित जीवन जिउनै नसक्ने भएकोले शासक बन्न हरेक दलित बंचितले अगामी निर्वाचनमा बहुजन एकता पार्टी नेपालको सिढि छापलाई मतदान गर्न नेता पासवानले अनुरोध गर्नुभएको हो।

निरन्जन रामको हत्यारा एवं सम्भु सदालाइ मार्ने खस पार्टी एवं मधेसी पार्टीलाई भोट र सपोर्ट गर्नेहरुको जमिर मरिसकेको हुँदा जमिर मरेकाहरुको भर नपर्न र मिसनलाई अगडि बढाइ बहुजन महापुरुषहरुको पदचिन्ह अगाडि बढ्नेहरुलाई साथ दिन नेता पासवानले सबै सँग आग्रह गरेका छन। कार्यक्रममा पार्टी कि महिला नेत्री प्रमिला सदा, सह महासचिव दुर्गा राम बि क,शिबनन्दन दास,लत्तर दास लगायतका नेताहरुले मन्तव्य राखेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.