२७ जेष्ठ २०८०, शनिबार | Email:- [email protected] | [email protected]
भारतीय नागरीक गुप्ताले बनाए चन्द्रनगरमा गढीमाई मन्दिर – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

भारतीय नागरीक गुप्ताले बनाए चन्द्रनगरमा गढीमाई मन्दिर

सर्लाही,११ जेठ । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. ४ गढाटोलमा लाखौँको लागतमा एक भारतीय नागरीकले गढीमाई मन्दिर निर्माण गरेका छन ।

भारतको सितामढी जिल्ला स्थित सुरसंढ बस्ने समाजसेवी अशोक प्रसाद गुप्ताले आफनो व्यक्तिगत खर्चमा मन्दिर निर्माण गरी बुधवार हिन्दु परम्परा अनुसार गढीमाईको मुर्ति स्थापना गर्नुभएको छ ।

समाजसेवी गुप्ताकोे भाकल पुरा भएपछी लगभग १९ लाख खर्चेर मन्दिर निर्माण गरेको स्थानियहरुले बताएका छन ।गढाटोलमा धेरै वर्ष देखि गढीमाईको खुल्ला ठाउँमा रहदै आएको थियो मन्दिर निर्माण भएपछि हिन्दु परम्परा अनुसार गढीमाईको मुर्ति स्थापना भएको स्थानिय जयमंगल गुप्ताले जानकारी दिए ।

मुर्ती स्थापना कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार महतो, उपाध्यक्ष गिता देवी महतो लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.