
सर्लाही,१३ जेठ । नेपाल प्रेस युनियन मधेश प्रदेश कार्य समिति सदस्य मुकेश झाले लालबन्दी नगरपालिका वडा नं.२ जुटपानीमा रहेको पद्मभुवनेश्वरी नमूना वृद्धाश्रमलाई नगद सहयोग गर्नुभएको छ ।
नेपाल प्रेस युनियन मधेश प्रदेश कार्य समिति सदस्य झाले जिल्ला अध्यक्ष कृष्ण थपलिया मार्फत नेपाल प्रेस युनियनको ३२ औँ स्थापना दिवसको अवसरमा वृद्धाश्रमकी संचालिका भवानी कोइरालालाई नगद रु. ५ हजार १ सय ५ रुपैया सहयोग प्रदान गर्नुभएको थियो ।
युनियनका जिल्ला अध्यक्ष थपलिया,नेपाल प्रेस युनियन मधेश प्रदेशका उपाध्यक्ष सोम दियाली, नेपाल प्रेस युनियन सर्लाही जिल्ला सदस्य घनश्याम सिंह, कार्यसमिति सदस्य रबिन्द्र ठाकुर, सुदर्शन रिजाल लगायत अन्य विभिन्न पदाधिकारीको उपस्थितिमा प्रदेश सदस्य झाले नगद सहयोग गर्नुभएको छ ।
झाले यो रकम थोरै भएपनि वृद्धाश्रममा आश्रीत वृद्धवृद्धालाई केही राहत हुने बताउनुभयो । यसैगरी पद्मभुवनेश्वरी नमूना वृद्धाश्रमका संरक्षक समेत रहेका वासुदेव शरण कोइरालाले नेपाल प्रेस युनियनका पदाधिकारीहरुलार्ई शुभकामना दिनु हुदैँ सम्मान समेत गर्नुभयो ।