
मलंगवा,१३ जेठ । नेपाल– भारत सीमा संयुक्त समन्वय समितिको बैठक समाहरणालय स्थित विमर्श सभा कक्ष सीतामढी बिहारमा सप्पन्न भएको छ । बैठकमा सीतामढ़ीका जिलाधिकारी मनेश कुमार मीणा, पुलिस अधीक्षक मनोज कुमार तिवारी साथै कमांडेंट एस एस बी ं २० तज बटालियन, एडीएम राजस्व प्रमुख सहित एएसपी सीतामढ़ी समेतको बैठकमा उपस्थित रहेको थियो । त्यसतै नेपालबाट उक्त बैठकमा सर्लाही, महोतरी र रौतहटका सीडीओ, सहायक सीडीओ तीनवटै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरीका उपरीक्षक सहितका टोली बैठकमा उपस्थित रहेको थियो ।
सुरक्षा संयन्त्रहरूको यस बैठकमा नेपाल– भारत सीमामा हुने मादक पदार्थ तथा एवं तस्करी माथि पुर्न प्रतिबन्ध लगाउन बारेमा छलफल भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । बैठकमा उपस्थित दुबै देशका सुरक्षा प्रमुखहरू बिच सीमावर्ती क्षेत्रमा खुलेका रकसी पसलहरूलाई सीमावर्ती क्षेत्र भनदा २-३ किलो मिटर भित्र सार्नुपर्छ भनने कुरा माथि भारतीय सुरक्षा संयन्त्रका जिलाधिकारीहरूले नेपालका अधिकारीहरूलाई अनुरोध गरेको थियो ।
यसको साथै हात हथियारको तस्करी, मानव तस्करीका साथै दुबै देशको मुद्राको तस्करी माथि पनि रोक लगाउने प्रती सहमति भएको जनाएको छ । जेष्ठ असारको महिनामा नेपाल–भारत सीमामा बाढबाट हुने क्षति रोकनको लागि दुबै देशका प्रशासनले सतर्कता अपनाएर विपत ब्यबस्थापनको तयारी समेत गर्नुपर्ने कुरामा पनि सहमति भएको बताएको छ । सीमा अतिक्रमण तथा सीमा स्तंभहरूको मरम्मत माथि पनि बैठकमा चर्चा भएको छ ।