६ जेष्ठ २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
विधागत पत्रकारिताको विकासका लागि प्रेस युनियनद्धारा भण्डारीको संयोजकत्वमा विभाग गठन – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाज

विधागत पत्रकारिताको विकासका लागि प्रेस युनियनद्धारा भण्डारीको संयोजकत्वमा विभाग गठन

काठमाडौँ । नेपाल प्रेस युनियनले विधागत पत्रकारिताको विकासका लागि विधागत पत्रकारिता प्रवद्र्धन विभाग गठन गरेको छ ।

युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा विभिन्न विधा (विट)मा क्रियाशिल पत्रकारहरुलाई समेटेर युनियनले विभाग गठन गरेको महासचिव दिलिप पौडेलद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

युनियनका अध्यक्ष शिव लम्सालले उपाध्यक्ष भण्डारीलाई यसअघि नै विभागीय संयोजक तोक्नु भएको थियो भने सदस्यहरु आज नियुक्त गरेर विभाग गठन गर्नु भएको हो ।

विभागका सदस्यहरुमा सूचना प्रविधि विटबाट युनियनका सचिव सहदेव चौधरी, अनलाईनबाट सचिव छायाँचन्द्र भण्डारी, टिभिबाट सचिव अशोक तिवारी, रेडियोबाट सचिव नरहरि सापकोटा, कला साहित्यबाट केन्द्रीय सदस्य लोकराज अधिकारी, स्थानीय मामिलाबाट केन्द्रीय सदस्य शोभा केसी, संसदीय मामिलाबाट विष्णु खड्का, उर्जाबाट लक्ष्मण वियोगी, पर्यटनबाट मधुजंग पाण्डे, कृषिबाट राजेश बर्मा र स्वास्थ्यबाट बुद्धी कटेललाई नियुक्त गरिएको हो।

विभागका बाँकी सदस्यहरु भने पछि नियुक्त गरिने विभागीय प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

पछिल्लो समय विधागत पत्रकारिता ओझेलमा परेकाले पत्रकारिताको गुणस्तर नै खस्किदै गएका बेला युनियनले विधागत पत्रकारितालाई प्रवद्र्धन गर्न छुट्टै विभाग गठन गरेको महासचिव पौडेलले बताउनु भयो ।

विभागले विधागत पत्रकारिताको विकासका लागि पत्रकारहरुको क्षमता अभिबृद्धिदेखि सरोकारवालाहरुसँग छलफल तथा सहकार्य गर्ने लगायतको जिम्मेवारी पाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.