
सर्लाही,२२ जेठ।सर्लाहीमा पिकअप भ्यान अनियन्त्रित भई दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।मृत्युु हुनेमा बाराको महागढीमाई नगरपालिका–८ बस्ने २० वर्षीय सचिउ पासवान रहेको छ ।
आज बरहथवा नगरपालिका वडा नं १२ स्थित हिरापुरबाट चक्रघट्टा तर्फ जाँदै गरेको प्र२-०३-००१ ख ३५२३ नं. को पिकअप अनियन्त्रित भई सडकको उत्तर पट्टि पल्टिएको थियो।
भ्यानमै सवार बाराको महागढीमाई नगरपालिका–८ बस्ने १४ वर्षीय विशोक पासवान र १३ वर्षीय विवेक पासवान घाइते हुनुभएको छ । उनिहरुको बरहथवामा उपचार भैरहेको तथा दुर्घटनामा संलग्न पिकअप चालक प्रहरी नियन्त्रणमा छन् । जेनेरेटर, ग्याँस चुल्होलगायतका सामग्री बोकेर हिँडेको पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।
भ्यानमा ७ जना सवार मध्ये १ जनाको मृत्यु र घाइते दुइ जनाको शंकट मोचनमा अस्पताल वरहथवामा उपचार भई रहेको प्रहरीले जनाएको छ।