
सर्लाही,२५ जेठ । सर्लाहीको चन्द्रनगर गाउँपालिका र पोलिटेक्निक इन्स्टीच्युुट बिच सहमती भए पछी सर्लाहीको चन्द्रनगर गाउँपालिका तथा चन्द्रनगर पोलिटेक्निक इन्स्टच्युुटमा लगाएको ताल्चा खुल्ने भएको छ ।
संचालन तथा व्यवस्थापनको सम्पूूर्ण जिम्मेवारी चन्द्रनगर गाउँपालिकाले चन्द्रनगर पोलिटेक्निक इन्स्टच्युुटलाई नै दिएपछी चन्द्रनगर गाउँपालिकामा देखिएको समस्या समाधान भएको छ ।
गएको जेठ २१ गते चन्द्रनगर पोलिटेक्निक इन्स्टीच्युुटको विद्यार्थीहरु पठन पाठन सुधार गर्नुुपर्ने, शिक्षक भर्ना गर्नुुपर्ने लगायतको विभिन्न्न माग राख्दै ताल्चा लगाएको थियो ।
आज गाउँपालिका अध्यक्ष राजकुमार महतोको विशेष पहलमा चन्द्रनगर गाउँपालिकाका वार्ता टोली ,चन्द्रनगर पोलिटेक्निक इन्स्टच्युुटको व्यवस्थापन समितिका अध्यक्ष, विद्यार्थीहरु र चन्द्रनगर गाउँपालिकाका तर्फबाट आएका वार्ता टोली सँग सहमती भएपछी चन्द्रनगर गाउँपालिका तथा चन्द्रनगर पोलिटेक्निक इन्स्टच्युुटमा लगाएको ताल्चा खुल्ने भएको गाउँपालिकाले जनाएको छ ।
वार्ता टोलीले चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्युुटको खाता नियम अनुुसार संचालक समितिका अध्यक्ष र चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्युुटका लेखापाल तथा प्रमुुखको नाम बाट संचालन गरिने र उक्त कार्यको लागि कार्यपालिकामा पेश गर्ने, निमित प्रधानाध्यापकको सेवा सुुविधा ७ दिन भित्रमा दिइने, पार्ट टाइम प्रशिक्षकको नियुुक्ती र सेवा सुविधा दिइने, चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्युुटको शिक्षालय प्रमुुखको नियुुक्तीको लागि संचालक समितिले नै बैठक बसी ७ दिन भित्र नियुुक्त गरिने लगायतको सहमती गरेको छ ।
यसैगरी चन्द्रनगर गाउँपालिकाको कार्यालयमा विद्यार्थीहरुले गरेको तोडफोड, विद्यार्थीहरुको आर्थिक अवस्था नहुने भएकाले गाउँपालिकाको कार्यालयको मिल्ने खर्च शिर्षक बाट मर्मत गर्नको लागि गाउँ सभामा आग्रह गर्ने तथा उचित खर्च गरिने, गाउँपालिकामा ताल्चा लगाउने बेला कार्यालय सहयोगी लालबाब राउत तथा बिनोद मल्लिकलाई कार्यालय भित्र विद्यार्थीहरुले हातपात गरेको र थुुनेको विषयमा विद्यार्थीहरुले माफी माग्ने, चन्द्रनगर पोलिटेक्निक इन्स्टच्युुट तथा गाउँपालिकामा लगाएको ताल्चा बिहिबार ९ बजे विधार्थीले नै खोल्ने लगायतको निर्णय गरिएको थियो ।
त्यस्तै अब देखी चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्युुटको कार्यविधि अनुसार गाउँपालिकाले नियमन तथा अनुुगमण गर्नेछ ।
गाउँपालिका अध्यक्ष महतोले चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्युुटको विद्यार्थीहरुलाई विभिन्न राजनैतिक व्यक्तिहरुले उक्साएपछी विद्यार्थीहरुले गाउँपालिकामा तोडफोड तथा आन्दोलन गरेको बताए ।
अध्यक्ष महतोले पोलिटेक्निक इन्स्टीच्युुट तथा चन्द्रनगरको समग्र शिक्षा सुुधारको आफुुले अभियान थालेपछी विकास हेर्न नचाहेका केही राजनैतिक व्यक्तिहरु आफनो राजनैतिक रंग दिन खोजेको बताउनुुभयो ।