१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
फर्जी लेटर प्याड बनाइ स्थायी नियुक्ती – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

फर्जी लेटर प्याड बनाइ स्थायी नियुक्ती

२५ जेष्ठ, सर्लाही ।बाममती सेवा समाज नेपाल र वल्र्ड भिजनको फर्जी लेटर प्याड बनाई जागिर लगाई दिने निहुँमा हरिपुर्वा–५ का सन्तोष कुमार साह, लक्ष्मीनिया कुमारी तथा महेशी मण्डललाई स्थायी नियुक्ती दिएको हो ।

फर्जी लेटर प्याडमा स्थायी नियुक्ती दिनेमा हरिपुर्वा–६ का राम प्रवेश राय यादव रहेका छन् । यादवले नियुक्ती तथा तालिमको बाहनामा २ चोटी जनकपुरधाममा लगेको र रकम पनि असुली गरेको पिडित सन्तोष कुमार साहले बताए ।


“फर्जी लेटर प्याड बनाई संस्थाहरुको लेटरप्याड दुरुपयोग गरी ठगी गर्ने कार्य गरेको पाईयो । यस कार्यप्रति संस्थाले खेद प्रकट गरेको छ ।” बाममती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की भन्नु हुन्छ ,“यो संगठित अपराध पनि हुन सक्छ । अहिले सम्म हामीले हरिपुर्वा–५ नम्बर वडाको ३ जनालाई ठगी गरेको बुझ्यौं, ठगी हुने व्यक्तिहरु अरु पनि हुन सक्छ ।

दोषीलाई कानुन अनुसार दण्डसजायको माग गर्दछौं। यस्ता भ्रममा नपर्न सर्वसाधारणलाई अनुरोध पनि गर्दछु ।” अध्यक्ष कार्की जोड दिनु हुन्छ,“ दोषीलाई कारर्वाही गर्न सम्बन्धित वडा तथा नगरपालिकासँग समन्वय गरिसकेका छौं साथै जिल्ला प्रहरी कार्यालयमा पनि उजुरी जाहेर गरेका छौं ।

दोषी जो सुकै होस् सम्बन्धित निकायबाट विस्तृतरुपमा अनुसन्धान गरी कारर्वाही प्रक्रिया चाडो भन्दा चाडो बढाउन अनुरोध गर्दछु ।”

संस्थाले कुनै पनि कर्मचारी भर्ना गर्दा आफ्नो नीति नियमभित्र रहेर भर्ना गर्दै आईरहेको छ ।

हरिपुर्वा नगरपालिकामा संस्थाले वल्र्ड भिजन इन्टरनेशनलको साझेदारीमा विगत ४ वर्ष देखि बालबालिकाको क्षेत्रमा बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरसीप परियोजना सञ्चालन गर्दै आइरहेको अध्यक्ष कार्कीले जानकारी दिनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.