
सर्लाही,२७ जेठ।सर्लाहीमा पहिलो पटक सडक दुर्घटना व्यवस्थापन सम्बन्धी कार्यक्रम गरिएको छ । हरिपुर नगरपालिकाको आयोजना तथा दलित सेवा नेपाल बरहथवाको सहजीकरण र ट्राफिक प्रहरी कार्यालय नवलपुरको समन्वयमा पालिका स्तर बाट सर्लाहीमा प्रथम पटक हरिपुर नगरपालिकामा सडक दुर्घटना व्यवस्थापन सम्बन्धी कार्यक्रम गरिएको हरिपुर नगरपालिकाले जनाएको छ ।बिहिबार बाट सुरु गरिएको सडक दुर्घटना व्यवस्थापन सम्बन्धी प्रहरी, नागरिक समाज र यूवा क्लवलाई जनचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न गरिएको हरिपुर नगरपालिकाले जनाएको छ ।
दुई दिने कार्यक्रममा खास गरी सडक दुर्घटना न्युनिकरण गर्न प्रहरी, नागरिक समाज र यूवा क्लवलाई प्रशिक्षण दिइएको थियो ।देशैभरी सडक दुर्घटनाको समाचार दिनहु आउने गर्छ र सर्लाहीमा पनि प्राय जसो सडक दुर्घटना दिनहु हुने गरेको छ, नागरिकलाई सडक दुर्घटना बारे सचेत गराउन पनि यो कार्यक्रम पहिलो पटक सुरु गरिएको दलित सेवा नेपालले जनाएको छ । सर्लाहीमा पालिका स्तरबाट सडक दुर्घटना व्यवस्थापन सम्बन्धी कार्यक्रम अघि नै हुनुपर्ने हो तर ढिलो भएपनि हरिपुर नगरपालिकाले यो कार्यक्रम सुरु गरेर उदाहरणीय कार्य गरेको कार्यक्रमका वक्ता बिरेन्द्र रायले बताए ।
यस्ता कार्यक्रम पालिका स्तर बाट हुन थालेपछी सडक दुर्घटना न्युनिकरण हुने रायको भनाइ छ ।उदघाटन कार्यक्रममा हरिपुर नगरपालिकाका सूचना अधिकारी बिनय पौडेल, अधिकृत छैठो रुपलाल देवकोटा, शिक्षा शाखा प्रमुख नागेश्वर राय, लेखा अधिकृत भुपेन्द्र सिंह,सह–लेखापाल राजिम महतो, ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।