२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
जानकीनगर साझेदारी वन व्यवस्थापन समुहको अध्यक्षमा रामविश्ववास राय निर्वाचित – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

जानकीनगर साझेदारी वन व्यवस्थापन समुहको अध्यक्षमा रामविश्ववास राय निर्वाचित

  • जानकीनगर ।जानकीनगर साझेदारी वन व्यवस्थापन समुहको अध्यक्षमा रामविश्ववास राय पुनः दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित हुनुभएको छ।शनिबार नयाँ नेतृत्व छनौट गर्न भएको निर्वाचनमा प्रतिस्पर्धी रामबाबु रायलाई पाच मतलेपछि पर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो। रायले २१७ मत प्राप्त गरि निर्वाचित हुदा उँहाका प्रतिस्पर्धी रामबाबु रायले २१२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मनोज कुमारले जानकारी दिनुभयो ।त्यसैगरी उपाध्यक्षमा सन्तलाल घिसिङ ५ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ । नौ मत खसेकोमा उहाका प्रतिस्पर्धी कृष्णमाया घिसिङले चार मत प्रप्त गर्नुभएको छ। त्यसैगरी सदस्यमा सोभा विक , दिनेश कुमार राय ,नागेन्द्र राय,कौशल महतो,ईन्दल कुमार ठाकुर ,सवनारायण महतो,सुरेश पासवान ,जवहार साहा निर्वाचित हुनुभएको छ। मतगणनाको अन्तिम नतिजा राति ११ बजे प्रकाशित गरिएको हो। हिजो शनिबार सव डिभिजन वन कार्यालय मुर्तियामा बिहान ९ देखि ५ बजेसम्म मतदान भएको थियोे ।कुल ५२५ मत मध्ये ४५५ मत खसेको जनाएको छ ।

तीन जना महिला सदस्य उषा महतो ,ललिता कुमारी महतो र मिना सिवाकोटी निर्विरोध निर्वाचित हुनुभए हो । निर्वाचित पदाधिकारीको कार्यकाल पाच वर्षको हुने विधानमा उल्लेख रहेको साझेदारी वन व्यवस्थापन समुहका केन्द्रीय सदस्य रजनीकान्त झाले जानकारी दिनुभयो ।जानकीनगर साझेदारी वन व्यवस्थापन समुह अन्तर्गत सर्लाहीका ७५ वटा वडाका उपभोक्तलाई समाबेश गरिएको छ। अब लालबन्दी साझेदारी वन व्यवस्थापन समुह र फुलजोड साझेदारी वन व्यवस्थापन समुहमा पनि चाडैं अधिवेशन हुने बताएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.