२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
स्नातक तहमा अध्ययनरत चन्द्रनगरका ७५ छोरी प्रोत्साहित – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

स्नातक तहमा अध्ययनरत चन्द्रनगरका ७५ छोरी प्रोत्साहित

सर्लाही,९ असार । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका छोरीहरु प्रोत्साहित भएका छिन । शनिवार चन्द्रनगर गाउँपालिकाको आयोजनामा चन्द्रनगरमा बाल विवाह अन्त्य तथा उच्च शिक्षामा छोरीको पहुँच पु¥याउन ७५ छोरीहरुलाई प्रोत्साहन अनुदान हस्तान्तरण गरिएको छ ।

कक्षा १२ पास गरी स्नातक तहमा अध्ययनरत चन्द्रनगर गाउँपालिकाकी छोरीहरुलाई जनही ११ हजारको दरले गाउँपालिका अध्यक्ष राजकुमार महतोले प्रोत्साहन अनुदान रकम हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।

नाढीमन ताल परिसरमा गरिएको कार्यक्रममा मधेश प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवको प्रमुख आतिथ्यता रहेको थियो ।चन्द्रनगर गाउँपालिकाको विषेश पहलको रुपमा रहेको बाल विवाहको अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच वृद्धि अभियान अनुरुप छोरीलाई सक्षम बनाउने यो कार्यक्रमको मुख्य उदेश्य रहेको गाउँपालिका अध्यक्ष महतोले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.