
सर्लाही,१५ असार । सर्लाहीको बलरा नगरपालिकामा बलरा नगर स्तरिय परियोजनाको अनुगमन गरिएको छ । बलरा नगरपालिका, हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल एकिकृत विकास समाजको व्यवस्थापनमा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा यूवा उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत आ.ब. २०७९÷८० को कार्यक्रमको नगरपालिका स्तरिय परियोजना अनुगमन तथा समन्वय समिति वाट अनुगमन सम्पन्न भएको छ ।
समितिका संयोजक तथा नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहा, प्रमुख प्रशासकिय अधिकृत उमेश महतो, वडा अध्यक्षहरु, सदस्य रहेका अनुगमन तथा समन्वय समिति वाट अनुगमन गरी परियोजनाले कृषि क्षेत्रमा गरेको कामहरु प्रशंसनिय भएको अनुगमन समितिले जनाएको छ ।
यस कार्यक्रमले साना किसानहरु लभग्राही भई आय आर्जनमा वृद्धि हुने देखिएकोले कार्यक्रमलाई अगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने नगर प्रमुख कुशवाहाले वताउनु भयो । गठन भएका समूहहरुलाई नगरपालिकामा दर्ता गरि सामूहिक आय आर्जनमा परिचालन गर्न परियोजना व्यवस्थापन गर्ने संस्था लाई नगर प्रमुख कुशवाहाले निर्देशन समेत दिनु भयो ।
उक्त परियोजनाले यस आ.व.मा बलरा नगरपालिकामा आधुनिक तथा व्यवसायिक कृषिलाई प्रवद्र्धन गर्न २५ वटा मुल समुह निमार्ण, १५ वटा मुल समूहका सदस्यहरुलाई हेफर आधारशिला तालिम, १० वटा मुल समूहका सदस्यहरुलाई पशु तथा गोठ सुधार तालिम, ११ वटा उन्नत जातका वोका, ५५ वटा विउ वाख्रा, १० वटा प्रविधि यूक्त घाँस काट्ने मेशिन र ५ वटा हाते ट्रयाक्टर वितरण गरेको कार्यक्रमका फोकल पर्सन दिवाकर झा ले जानकारी दिनुभयो ।