२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
पेस गर्‍यो – लालबन्दी नगर वाङ्‌मय परिषद्ले वार्षिक कार्य प्रतिवेदन – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

पेस गर्‍यो – लालबन्दी नगर वाङ्‌मय परिषद्ले वार्षिक कार्य प्रतिवेदन

लालबन्दी,२१ असार । लालबन्दी नगर वाङ्‌मय परिषद्ले लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आफ्नो वार्षिक कार्य प्रतिवेदन पेस गरेको छ।

आ.व.२०७९/ ०८० मा वाङ्‌मय परिषद्ले सम्पन्‍न गरेका सम्पूर्ण कामहरूको वार्षिक प्रतिवेदन परिषद्का अध्यक्ष अच्युत अधिकारीले लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमक्ष पेस गरेका हुन्।

लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले उक्त प्रतिवेदन बुझ्दै भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण, सम्प्रवर्धनमा लालबन्दी नगर वाङ्‌मय परिषद्ले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन्।

कार्यक्रममा वाङ्‌मय परिषद्का सचिव सुमन घिमिरे अग्रिम, कोषाध्यक्ष विवश पौडेल, सदस्य टीकाराम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

लालबन्दी नगर वाङ्‌मय परिषद्को स्थापना वि.सं.२०७७ चैत्र १४ गते भएको हो। लालबन्दी नगर वाङ्‌मय परिषद् ऐन, २०७७ अन्तर्गत बनेको उक्त परिषद्ले विभिन्‍न साहित्यिक कार्यक्रमहरू गर्दै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.