१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
आजपा निकटको मुस्लिम मोर्चाले ‘मुस्लिम यूनिवर्सिटी’ को स्थापना गर्न माग गर्यो – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

आजपा निकटको मुस्लिम मोर्चाले ‘मुस्लिम यूनिवर्सिटी’ को स्थापना गर्न माग गर्यो

जनकपुरधाम ।प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकटको आम मुस्लिम मोर्चाले ‘मुस्लिम यूनिवर्सिटी’ को स्थापना गर्न माग गरेको छ ।

आम मुस्लिम मोर्चाले आज मधेस प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । जनकपुरधाममा मोर्चाले प्रदर्शन गरेपश्चात मधेस प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

परापूर्वकालदेखी चल्दै आएको मदर्सा शिक्षालाई व्यवस्थित रुपमा संचालन गर्न छुट्रै ऐन निर्माण तथा मदर्सा बोर्ड गठन गर्नुपर्ने माग मुस्लिम मोर्चाले गरेको मोर्चाका अध्यक्ष लालबाबु मन्सुरीले बताए ।

‘…बिडम्बना आज मुस्लिमहरुको परापूर्वकाल देखी चल्दै आएको मदर्सा शिक्षा संकटमा छ । मुसलमानहरुको मौलिक संस्कृति एवं रीतिरिवाजको संरक्षण र उत्थानको सट्टा लोप भईरहेको छ । यतिमात्र होईन न्याय र समानताको सट्टा खुलेआम विभेद र निषेध गर्ने कार्य भईरहेको सन्दर्भमा त्यसलाई रोक्न र संविधानत्त पाएको अधिकारलाई व्यहवारत्त प्रत्याभूति गराउँन माग गर्दछौं’ मुस्लिम मोर्चाले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

मुसलमानलाई राज्यको हरेक अंग र निकायमा बिशेषाधिकारको व्यवस्था गर्नुपर्ने, इस्लाम धर्मावलम्बीहरुको पर्वहरुमा सार्वजनिक बिदा राष्ट्रिय कैलेण्डरमै समाहित गर्नुपर्ने, इस्लाम धर्म र संस्कृतिको सम्बर्दनका लागि प्रयाप्त बजेटको व्यवस्था गर्नुपर्ने माग मोर्चाले गरेको छ ।
यसैगरी बिभेद र उत्पीडनको शिकार भएका गरिब मुस्लिम परिवारलाई आवास र रोजगार सहित राहतको व्यवस्था गर्नुपर्ने, मुस्लिमहरु माथि हुने धार्मिक तथा जातीय हिंसा रोक्न बिशेष पहल गर्नुपर्ने लगायतका माग मोर्चा गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.