१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
असार मसान्त बिति सक्दा पनि मधेश प्रदेशमा जम्मा २८ प्ररिशत मात्रै रोपाई – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

असार मसान्त बिति सक्दा पनि मधेश प्रदेशमा जम्मा २८ प्ररिशत मात्रै रोपाई

प्रेमनाथ पौडेल
सर्लाही,३० असार।धान उत्पादनको दृस्ठिकोणमा देशकै सबै भन्दा बढि धान उत्पादन हुने मधेश प्रदेशशमा अहिले सम्म ३० प्रतिशत पनि रोपाई हुन सकेको छैन ।

अन्य प्रदेशमा भारिबर्षा भई रहे पनि मधेश प्रदेशमा यस बर्ष असारको अन्तिम भई सक्दा पनि धान रोपाई हुने किसिमले भारि बर्षा हुन नसक्दा अहिले सम्म जम्मा २८प्रतिशत मात्रै रोपाई भएको हो ।

अन्नको भन्डार भनेर चिनिए पनि मनसुन सक्रिय रुपमा बद्लि भएर बर्षा हुन नसक्दा मधेश प्रदेशका किसानहरुले रोपाई गर्न नपाएका हुन ।

धरातलिय हिसाबले जमिन समथर भए पनि तराईमा लामोसमय देखि को खडेरि अनि सिचाई को प्रयाप्त ब्यब्स्था हुन नसक्दा किसान हरु आकाशे भर मै खेति धान रोपाई गर्न बाध्य हुने गरेको सर्लाही सासापुरका किसान सुन्देश्वर साह बताउछन ।

प्रयाप्त रुपमा भारि बर्षा भएको छैन रोपाई कसरि गर्ने यस्तै भई रहे यस बर्ष धान उत्पादन मा समेत कमि आउने लालबन्दी वडा नं २का अर्का किशान मोहन आचार्यको भनाई रहेको छ।

कृषि विकास निर्देशनालय मधेस प्रदेशका अनुसार यस प्रदेशमा हालसम्म करिब २८प्रतिशत मात्र धान रोपाइँ भएको जनाएको छ ।

मधेश प्रदेशमा २०७८/७९ को तथ्याङ्क अनुसार ३ लाख ५४हजार ३सय ८३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। तर समयमा पानी नपर्दा अहिले पनि खेतहरु बाझै अवस्थामा रहेको छ।

धान रोपाई भएको ठाउँमा समेत सिँचाईको वैकल्पिक साधन पंम्पिसेट र मोटर प्रयोग गरेर किसानले धान रोपिरहेका छन्।
मधेस प्रदेशमा सबैभन्दा बढी धान उत्पादन हुने गरेको छ।,
यहाँ धान खेति लागि पर्याप्त सम्भावना भएर पन्ज स्थानिय तह मा समेत कृषि को लागि करौडौ बजेट आउने गरेता पनि सिचाई को लागि स्थानिय सरकार ले सिचाई को लागि व्यवस्था नगर्दा किशान हरुले समयमा खेती गर्न पाएका छैनन्।
अघिल्ला बर्ष हरुमा यो समय मा ५०देखि ६०प्रतिशत रोपाई भई सक्ने गरेको भए पनि यस पटक २८प्रतिशत मात्रै रोपाई भएको छ ।
धान खेति हुने जमिन रोपाई हुन नसक्दा अझै बाझै रहेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.