१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
विवादित सडक विस्तारका लागि मेयर रिनाको चमत्कारी प्रयास – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

विवादित सडक विस्तारका लागि मेयर रिनाको चमत्कारी प्रयास

रौतहट ।रौतहटको मौलापुरका मेयर रिना साहले बर्षौदेखीको विवादित सडकलाई विस्तार गरी सुचारु गरेकी छन् । सडक विस्तारमा अवरोध गरी विवादित बनाउँने र सर्वसधारणको यातायातमा अवरोध गरिएको ‘बौद्धा–पथरा–पिपरिया’ सडक खण्डको पथरामा मेयर साहले सडक विस्तार गरी अगाडी बढेकी छन् ।

सो सडकलाई बर्षौदेखी विस्तारमा अवरोध गरिएको थियो । सर्वसधारणको समेत साथ पाएकी मौलापुरकी मेयर साहले सडक विस्तारको कामलाई तिब्रगतिमा अगाडी बढाउँने बताएकी छन् ।

अहिले सर्वसधारणको समेत सहयोग पाएकी मेयर साहले डोजर लगाएर सो सडकमा पर्ने भौतिक संरचना भत्काउँदै अगाडी बढेकी छन् । उनको काम देखेर सर्वसधारणले समेत साथ र सहयोग गर्न थालेका छन् । सडक विस्तारमा आउँने कुनै पनि अवरोधलाई नसहने र विस्तार कार्यलाई जसरी पनि अगाडी बढाउँने स्थानिय रामेश्वर यादवले बताए ।

‘यो एक किसिमको चमत्कार नै हो । मेयर रिना साहलाई काम गर्न अवरोध गरेर सडक विस्तारमा वाधा पुर्याउँने काम भए पनि अहिले उहाँले डोजर चलाउँनुभएको छ । अब सडक विस्तार कोही कसैले रोक्न सक्दैन् । रोके हामीले प्रतिकार गर्छौ’ यादवले भने ।

आम जनसमुदायको सहभागितामा दुवै पक्षलाई समझदारी गराई शान्तिपूर्ण तरिकाबाट सडक कार्यको काम भईरहेको मौलापुरका प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले बताए ।
केही वर्ष देखि त्यो सडक सिमांकनको विवादले रोकिएको थियो तर त्यो विवाद मेयर साहको पहलमा समाधान भएको छ । त्यो सडक विस्तार कार्यले त्यहाँको आम जनता हर्षित भएका छन् । अहिले विवादित संरचना भत्काई सडक विस्तारको काम समेत तिब्र गतिमा अगाडी बढेको छ । मेयर साहसंगै उपप्रमुख नागेन्द्र यादवले समेत सडक विस्तारलाई अगाडी बढाउँन प्रभावकारी भुमिका निर्वाह गरेका छन् ।

रौतहटको क्षेत्र नं। ३ मा पर्ने सो सडकलाई जसरी पनि विस्तार गरी सर्वसधारणलाई यातायातको राम्रो सेवा दिनुपर्नेमा सर्वसधारणको अहिले एकमत रहेको छ । सो क्षेत्रबाट आम जनता पार्टी ९आजपा०का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.