
सर्लाही,६ साउन । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सर्लाहीले शनिबार ४१ औं बि.पि. स्मृति दिवसको अबसरमा सर्लाही सदरमुकाम स्थित सर्लाही क्याम्पसमा सवारि दुर्घटना न्यूनीकरण समन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
नेबिसंघ सर्लाही जिल्ला अध्यक्ष धिरज यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपालि काङ्ग्रेस जिल्ला उप–सभापति डा. सरोज कुमार, ट्राफिक प्रहरि निरीक्षक लेख नाथ मैनालिको विशेष आथिथ्यमा, नेबिसंघ सर्लाही काठमाडौ सम्पर्क समिति अध्यक्ष लबहरि ढुङ्गेल सर्लाही क्याम्पस स्वबियु सभापति धर्मेन्द्र टाँका लगाएतको उपस्थितिमा भएको थियो।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. सरोज कुमार ले सवारि दुर्घटना बाट बच्न ट्राफिक नियम पालना गर्न र गराउन सबैलाइ अनुरोध गर्नुभएको थियो। उक्त कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न भएको नेबिसंघ सर्लाहीका उप–सभापति प्रबेश न्यौपानेले जानकारि गराउनु भयो।