१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
सुन तस्करिमा संलग्न नभएकाहरु गृहमन्त्रालय र सरकारसँग तर्सिन पर्दैन – Nigrani Today
ताजा खबरसमाचार

सुन तस्करिमा संलग्न नभएकाहरु गृहमन्त्रालय र सरकारसँग तर्सिन पर्दैन

काठमाडौं ।अखिल(क्रान्तिकारी)का पूर्व अध्यक्ष एबं माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेले सुन तस्करिमा संलग्न नभएकाहरु गृहमन्त्रालय र सरकारसँग तर्सिन नपर्ने बिचार ब्यक्त गरेका छन ।

आइतवार काठमाडौको माइतिघरमा अखिल(क्रान्तिकारी)को सामाजिक सरोकार बिभागद्वारा सरकारको समर्थनमा शुरु गरिएको हस्ताक्षर अभियानलाई अतिथीका रुपमा उद्घाटन गर्दै यस्तो बिचार राखेको उपाध्यक्ष सुर्यनारायण साहले जानकारी दिए ।

सरकारले भुटानी शरणार्थी प्रकरण देखी हाल सुन प्रकरणसम्मको कार्वाहीमा दोषी ठूलै पद र ओहदाकालाई पनि नछाडेको तर निर्दोषले भने डराउन नपर्ने युवासँघलाई नआँतिन आग्रह गरे ।

” सरकारले कार्वाही थालेपछि एमाले सम्बद्ध ब्याक्तिहरुको संलग्नतामा यूवासँघले सडकमा मसाल बाल्यो, गहमन्त्रिको राजिनामा मागेको छ । तर तस्करिमा यूवासँघ संलग्न छैन भने यसरि आँतिन पर्दैन ।

” न्यौपानेले अगाडी भने सरकारले दोषी र उसका संरक्षकलाई पानी मुनी गए पनि छाड्दैन र दोषीलाई तस्करीमा संलग्नलाई भने जुलुस , मसाल र घेराउ गरे भनेर छाड्दैन ! अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले हस्ताक्षेर गरि शुरु भएको हस्ताक्षर अभियान १ हप्ता सम्म चल्ने र अभियाले १ लाख हस्ताक्षर गरि प्रधानमन्त्रिलाई बुझाउने कार्यक्रम रहेको सामाजिक सरोकार बिभाग प्रमुख साहले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.