२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
बिभिन्न प्रदेशमा चौथो त्रैमासिक तथा बार्षि समिक्षा सम्पन्न – Nigrani Today
ताजा खबरसमाचारसमाज

बिभिन्न प्रदेशमा चौथो त्रैमासिक तथा बार्षि समिक्षा सम्पन्न

काठमाडौं ।नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तरगतका विभिन्न प्रदेशमा रहेका अनुसन्धान केन्द्र, कार्यक्रम र निर्देशनालयहरुको चौथो त्रैमासिक तथा बार्षिक समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

कोशी प्रदेशमा रहेका ८ वटा कार्यालयहरुको प्रगति समिक्षा कृषि अनुसन्धान निर्देशनालय तरहरामा, मधेश प्रदेश अन्तर्गतका ८ वटा कार्यलयहरुले कृषि अनुसन्धान निर्देशनालय परवानीपुर बारामा, गण्डकी प्रदेश अन्तर्गतका ५ वटा कार्यलहरुको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुर तनहुमा र लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश अन्तर्गतका ११ वटा कार्यालयहरुले कृषि अनुसन्धान निर्देशनालय खजुरा बाँकेमा कार्यक्रम सम्पन्न गरेका छन् ।

गोष्ठीमा गत आर्थिक बर्षमा भएका विभिन्न अनुसन्धानबाट आएका नतिजा तथा चालु र पुजीगत क्रियाकलापको प्रगति प्रस्तुति गरिएको राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्याय बताए । उपाध्यायका अनुसार गत वर्ष भएको कार्यक्रमको समिक्षा गर्दै आगामी वर्षको लक्ष्य प्राप्तिका लागि सबै प्रदेशमा भएका गोष्ठी सहभागीतामुलक र फलदायी भएको छ ।

गण्डकी प्रदेश राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रममा भएको समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै अनुगमन तथा मुल्यांकन महाशाखा नार्कका प्रमुख डा. सुधा सापकोटाले सम्पूर्ण कार्यालयहरुको प्रगति सन्तोषजनक रहेको बताईन् ।

यसैगरी कार्यक्रमका प्रमुख अतिथि एवं नार्कका आर्थिक प्रसाशन निर्देशक मनस कुमार कडेलले कार्यक्रम प्रस्ताव गर्दा अझ बढी ध्यान दिन, विभिन्न परियोजनाको समय अवधिलाई ख्याल राख्न, बेरुजु फर्छ्यौट प्रगति बढाउन, नतिजामुखी र गुणस्तरीय परियोजना निर्माण गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रमका सभापति तथा राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरका संयोजक राजु कडेलले उपस्थित सम्पूर्ण सहभागीहरुलाई धन्यबाद दिदै केन्द्रबाट आएको मार्गनिर्देशन पालना गर्नुपर्ने, अनुसन्धानबाट आएको नतिजालाई किसानमाझ प्रसार गर्नुपर्ने, कर्मचारीलाई दक्ष बनाउन केन्द्र लाग्नुपर्ने बताए ।

नार्कको कार्यकारी निर्देशकमा डा. ध्रुबराज भट्टराई नियुक्त भएदेखी नै नार्कका आगामी कार्यक्रम नतिजामुखी र चुस्तदुरुस्त हुनुका साथै प्रगति बढाउने कुरामा जोड दिदै आएका छन् ।

लुम्बिनी प्रदेश खजुरा बाँकेको आयोजनामा भएको कार्यक्रममा निर्देशनालयका निर्देशक डा. समीद अहमदको अध्यक्षता र नार्कका बाली तथा बागवानी निर्देशक डा. कृष्णकुमार मिश्रको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कोशी प्रदेशको तरहरामा भएको कार्यक्रममा सो प्रदेशका उधोग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखनाथ पौडेलको प्रमुख अतिथि रहेका थिए । नार्कका प्रशासन निर्देशक नविन प्रकाश पौडेलको विशेष अतिथि र निर्देशानालयका निर्देशक केशवप्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै मधेस प्रदेशको परवानीपुर बारामा भएको कार्यक्रममा योजना तथा समन्वय महाशाखाका प्रमुख डा. टेकप्रसाद गोतामेको विशेष अतिथि र परवानीपुर निर्देशानालयका प्रमुख डा. विशेश्वरप्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

यसअघि नै बागमती प्रदेशको चौथो त्रैमासिक तथा बार्षिक समिक्षा गोष्ठी कार्यक्रम खुमलटारमा ७ साउनमा सम्पन्न भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.