
प्रेमनाथ पौडेल
हरिवन,१७ साउन। सर्लाहीमा आँखा पाक्ने रोगको प्रकोप फैलिदै क्रममा रहेको छ । अत्याधिक गर्मि र मौसममा आएको परिवतर्न भएसँगै आँखा पाक्ने रोगको प्रकोप बढे संगै जिल्लाका बिभिन्न स्थानिय निकायहरुले रोग नियन्त्रण रोकथामको लागि शिविर संचालन गरेका हुन । यसै बिच हरिवन नगरपालिकाले पनि बिभिन्न आंखा उपचार केन्द्र संग समन्वय गरि नगरपालिका भित्रका स्वास्थ्य चौकी र सामुदायिक बिद्यालयमा निशुल्क आंखा उपचार शिविर संचालन गरेको नगर स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले बताउनु भयो । सोमबार बाट शुरु भएको शिविर बिहिबार सम्म चल्ने छ ।
आम नगरबासीको लागि बालपोषण योजना हरिवन नेपाल नेत्रज्योति संघ संग प्राबिधिक सहकार्य गरि नगरपालिका भित्रका साविक चार स्वास्थ्य चौकी सासापुर ,हरिवन ,अत्रौलि र घुर्कौलिमा त्यस्तै बिद्यालयमा अध्यनरत बालबालिकाको लागि नगरभित्रका सबै बिधालयलाई पायक पर्ने गरि ८ वटा माबि र निमाबि बिधाल्यमा शिविर संचालन गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
यसै बिच बिद्यालयका बालबालिकाको आंखा जाचका लागि बिरगंन्ज सामुदायिक आखा केन्द्र र अभियान डिजिटल आखा उपचार केन्द्रका आखा रोग विशेषज्ञ महेश धामि ,नैन यादब प्रेम घिमिरे तथा बिष्णु काफ्लेले गर्नु भएको सासापुर स्वास्थ्य चौकीका इन्चार्ज मोहन घिसिङ्गले बताउनु भयो ।
रोग परिक्षण चेकजाच गरिएका बालबालिका मध्ये मा ६१प्रतिशतमा रोगको भाईरस फैलिएको पाईएको रोग परिक्षण कार्यमा संलग्न सासापुर स्वास्थ्य चौकिकी अ न मि अर्चना पण्डितले बताउनु भयो ।
उहाका अनुसार माईरानि माबि हरिवन ४सासापुर र रामअवतार माबि हरिवन २ अत्रौलिमा गरिएको ८९७ बालबालिका मध्ये ५सय ४६ मा रोगको भाईरस फैलिएको पाईएको छ ।अत्यधिक गर्मीका बेला इपोडेमीक केराटो कन्जङटिभाइटिस नामक जिवानु सक्रिय रहेकोले सुरुका दिनमा बिरामीको आँखा रातो हुने, चिलाउने, आँसु बग्ने र घाममा आँखा हेर्न नमिल्ने जस्ता लक्ष्ण देखिने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन । अत्याधिक गर्मी बढेसँगै पोखरी, खोला, इनार, चापाकलमा समेत खानेपानीका मुहान सुक्दै गएको कारण बालबालिका तथा जिल्लाका उतरी क्षेत्रमा खान र नुहाउन पानीको धेरै अभाव समस्या झेल्दै आएका छन ।जसको कारण आँखा पाक्ने रोगबाट बढी विद्यार्थी र बालबालिकाहरु प्रभावित भएका छन् ।वर्षाको समयमा सक्रिय हुने एडिनो भाइरस हावामा लामो समयसम्म बाँच्ने भएकाले आँखा पाक्ने रोगीको संक्रमण बढी हुने विज्ञहरू भनाइ छ ।आँखा पाक्ने तथा आँखा रातो हुने रोगको प्रकोप बढ्दा स्थानीय अस्पतालहरुमा त्यस्ता बिरामीको भिड बढेको छ ।
आँखा रातो हुने, चिलाउने वा चिपचिप गर्ने बित्तिकै औषधी आफैं लगाउँदा आँखामा जटिल समस्या आउने भएकाले स्वास्थ्यकर्मीको सुझावबिना औषधी प्रयोग नगर्न बेडमा प्रयोग गरिने तकिया कपडाहरुको प्रयोग एक ब्यक्ति अर्कोले प्रयोग नगर्न ,घाममा बाहिर ननिस्कन ,निस्कनै परे कालो चस्मा प्रयोग गर्न झोलिलो कुराको खानामा जोड दिन स्वास्थ्यकर्मीले सल्लाह तथा सुझाव दिएका छन ।
त्यस्तै रोग इन्फेक्सन विभिन्न कारणले हुने हुँदा सम्बन्धित अस्पतालमै गएर आँखा परीक्षण गराउन ,आँखाको भाइरल एउटा परिवारमा देखिए सबैमा सर्न सक्नेभएकाले सरसफाइमा ध्यान पुर्याउन दैनिक सफा पानी ५÷७ पटक आँखा सफा गर्नुपर्छ । समयमा उपचार गरे रोग तीन÷चार दिन देखि हप्ता दिन भित्र निको हुने गरेको छ ।
सासापुरमा भएको आंखा रोग परिक्षण कार्यक्रम हरिवन वडा नम्बर ४का वडा अध्यक्ष केशब राज थापा ,वडा सदस्य सुवास अधिकारी ,माईरानि माबि विद्यालय ब्यबस्थापन समिति अध्यक्ष किशोर मिक्चन लगायत बालबालिकाका अभिभावक शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।