१९ फाल्गुन २०८०, शनिबार | Email:- [email protected] | [email protected]
आँखा पाक्ने रोगको प्रकोप बढे संगै हरिवनका विद्यालय चार दिन सम्म बन्द हुने – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

आँखा पाक्ने रोगको प्रकोप बढे संगै हरिवनका विद्यालय चार दिन सम्म बन्द हुने

प्रेमनाथ पौडेल
हरिवन,१८ साउन । सर्लाहीको हरिवन नगरपालिकामा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि हरिवन नगरपालिकाले नगरपालिका भित्र संचालित सबै सबै विद्यालयमा चार दिन सम्म बन्द हुने भएको छ । केहि दिन यता जिल्लामा भाईरल रुपमा फैलिएको आखा पाक्ने रोगले विशेषगरी बालबालिका प्रभावित भए संगै हरिवन नगरपालिकाले नगर भित्र संचालनमा रहेका सामुदायिक तथा निजि विद्यालय चार दिनको लागि बिदा दिने निर्णय गरेको हरिवन नगरपालिकाले जनाएको छ। नगरपालिकाले एक सुचना जारि गर्दै शक्रबार देखी सोमबार सम्म सबै बिधाल्य बन्द गरि बिदा दिन भनेको छ।

अत्याधिक गर्मी र मौसममा आएको परिवतर्न सँगै आँखा पाक्ने रोगको प्रकोप बढे संगै जिल्लाका बिभिन्न स्थानिय निकायहरुले रोग नियन्त्रण रोकथामको लागि शिबिर संचालन गरेका छन । यसै बिच हरिवन नगरपालिकाले पनि बिभिन्न आंखा उपचार केन्द्र संग समन्वय गरि नगरपालिका भित्रका स्वास्थ्य चौकी र सामुदायिक बिद्यालयमा मिशुल्क आंखा उपचार शिबिर संचालन गरेको नगर स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले बताउनु भयो ।यस्तै बिहिबार हरिवन ४ सासापुर स्वास्थ्य चौकीमा भएको घुम्ती आखा शिबिरमा १७२ जना ले आखा पाक्ने रोगको परिक्षण गराएका छन ।आम नगरबासीको लागि बालपोषण योजना प्राथमिक उपचार केन्द्र सुखेपोखरीका आखा रोग विशेषज्ञ रमेश भट्टराईको नेतृत्वमा आएको टोलिले रोगको परिक्षण गरेको सासापुर स्वास्थ्य चौकिका इन्चार्ज मोहन घिसिङ्गले बताउनु भयो ।उहाका अनुसार शिबिर मा ९३ जना पुरुष ७९ जना महिलाले आखापाक्ने रोग समन्धि परिक्षण गराएका हुन ।

हरिवन नगरपालिकाले नेपाल नेत्रज्योति संघ बालपोषण योजना प्राथमिक आखा उपचारकेन्द्रको सहकार्य मा शिबिर संचालन गरिएको र उपचार गर्न आएका बिरामीलाई निशुल्क रुपमा औषधी समेत प्रदान गरिएको बालपोषण योजना प्राथमिक आखा उपचार केन्द्रका आखा रोग बिशेषज्ञ रमेश भट्टराईले बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.