१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
चन्द्रनगरमा बालविवाह, बालश्रम तथा लागू औषध दुव्र्यसन न्युनिकरण गर्न घरदैलो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगरमा बालविवाह, बालश्रम तथा लागू औषध दुव्र्यसन न्युनिकरण गर्न घरदैलो

सोम दियाली, सर्लाही
साउन १९ गते । सर्लाहीको चन्द्रनगरमा बालविवाह, बालश्रम तथा लागू औषध दुव्र्यसन जस्ता हानिकारक अभ्यास न्युुनिकरण गर्न घरदैलो कार्यक्रम गरिएको छ । अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्ड भिजन, वल्र्ड एजुकेशन, ह्याण्डीक्याप र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके)को साझेदारीमा सञ्चालित समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजनाले सञ्चालन गरेको समुदाय परिवर्तन समूहको नेतृत्वमा चन्द्रनगर ३ मा अन्तरक्रिया कार्यक्रम गरी बालविवाह, बालश्रम तथा लागू औषध दुव्र्यसन रोकथाम गर्न घरदैलो कार्यक्रम गरिएको छ ।

वडा नम्बर ३ मा रहेको श्री राजा अभिषेक बिधालय वरिपरि रहेका अभिवावकसहित समुदाय परिवर्तन समुहका सदस्य, बाल अधिकार समूहका सदस्य तथा रुपान्तरण कक्षाका बालबालिकाको उपस्थितिमा बालबिवाह, बालश्रम तथा लागुऔषध जस्ता हानिकारक सामाजिक अभ्यासहरुको रोकथाम गर्न जनचेतना मुलक अन्तरक्रिया तथा घरदैलो कार्यक्रम सम्पन्न भएको आरआरपिकेका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले जानकारी दिनुभयो ।

सिकाई परिचालक पुनम साहले सहजीकरण गर्नुभएको अन्तरक्रिया कार्यक्रममा समुदाय परिवर्तन समुहका सदस्य तथा बाल अधिकार समितिका सदस्यहरुले चन्द्रनगर गाउँपालिकाका विभिन्न वडामा बालविवाह, बालश्रम तथा लागू औषध दुव्र्यसन जस्ता समाजलाई नै हानी नोक्सानी गर्ने हानिकारक सामाजिक अभ्यासहरुको रोकथाम तथा नियन्त्रणका लागि घरदैलो कार्यक्रम, चेतनामूलक अन्तरक्रिया तथा गाउँ टोलको ससफाई कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिइएको छ ।

समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजना अन्तर्गत चन्द्रनगरसहित जिल्लाका चारओटा पालिकामा बालबालिकाको समग्र विकास तथा शिक्षामा समान पहूँच अभिवृद्धि गर्ने उदेश्यका साथ रुपान्तरण कक्षा, जीवनोपयोगी सिप तथा आत्मरक्षा सम्बन्धी कक्षा जस्ता विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.