१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
हरिवनका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिले गरे सरसफाई – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिवनका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिले गरे सरसफाई

प्रेमनाथ पौडेल
हरिवन,२२ साउन । सर्लाहीको हरिवन नगरपालिकामा स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिले स्वास्थ्यचौकी र वडा कार्यालयमा सरसफाई गरेका छन । हरिवन नगरपालिका वडा नं. ४ स्थित सासापुर गणेश चौकमा रहेको सासापुर स्वास्थ्यचौकी र वडा कार्यालय परिसरमा स्वास्थ्यकर्मी र जनप्रतिनिधि एकसाथ रहेर सरसफाई गरेका हुन ।

स्वास्थ्यकर्मीहरुले आफ्नो दैनिक काम बाहेक प्रत्येक महिना केही न केही फरक रुपमा समाजमा गर्ने अतिरीक्त क्रियाकलाप अन्तरगत सबै स्वास्थ्यकर्र्मीहरु र जनप्रतिनिधिहरु मिलेर सरसफाई गरेको स्वास्थ्यचौकी इन्चार्ज मोहन घिसिङ्गले बताउनु भयो ।हामीले शरीरको मात्रै सरसफाई गरेर हुदैन स्वस्थ जिवन सुखि जिवन र समृद्ध समाज निर्माण गर्न पनि घर वरपर सरसफाइ राख्नु जरुरी हुन्छ यसै अनुसार हामीले हामी आफु बस्ने स्वास्थ्यचौकी र वडा कार्यलय परिसरको अतिरीक्त क्रियाकलप अन्तर्गत सरसफाई गरेका हौ त्यस्तो कुनै नौलो काम होइन सरसफाई गर्नु हामी सबैको दायित्व हो भन्नु हुन्छ इन्चार्ज घिसिङ्ग ।

यस्तै आफ्नो ठाउको सरसफाई गर्नु कुनै नौलो कुरा होइन यो गर्न पनि जरुरी छ जब सम्म घर आँगन आफ्ना वर पर सरसफाई हुदैन तब सम्म हामीले सुखी नेपाली समृद्ध नेपालको परिकल्पना गर्न नसक्ने वडा अध्यक्ष केशवराज थापा भन्नु हुन्छ ।हामी सुखी नेपालि अनि समृद्ध नेपालको परिकल्पना गर्छौ तर हामीले आफ्नो घर समाज सामाजिक संघ संस्थामा सरसफाईमा ध्यान पुर्याउन सक्दैनौ भने त्याह बाट बिभिन्न रोगको शिकार बन्छौ जब नागरीक रोगको शिकार बन्छन भने कसरी हुन सक्छ सुखी नेपाली अनि कसरी बन्न सक्छ समृद्ध नेपाल त्यस कारण पनि सरसफाई गर्नु जरुरि छ भन्नु हुन्छ अध्यक्ष थापा ।

अहिले गाउ तथा नगरमा लामखुटेको टोकाईबाट सर्ने काला ज्वरो, डेङ्गु जस्ता विभिन्न रोग आई रहेका छन त्यस बाट जोगिन पनि जरुरी छ र नागरीकमा सरसफाई आफ्नो घरको आफै बाट गर्नु पर्छ भन्ने चेतनाको विकाश गराउन पनि जरुरी छ ।हामीले आफ्नो वडा अनि आफु हरुलाई पनि नमुना जनप्रतिनिधि बनाउन चाहन्छौ वडाको विकाश लाई फरक किसिमको तरिका बाट सबैको साथ र सहयोगले अगाडी बढ्ने लक्ष्य र सोच बोकेर अघि बढेका छौ यसै अनुरुप जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सहकार्यमा सरसफाई गरिएको छ ।
हामी यो कार्यलाई निरन्तरता दिन्छौ र वडामा छुटै किसिमले समाज र नागरीकका लागि केहि गरेर देखाउछौ अध्यक्ष थापाले भन्नुभयो ।सरसफाई कार्यक्रममा नगर उप–प्रमुख हरिमाया घलान लगायत अन्य विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.