
सर्लाही,२५ साउन ।सर्लाहीको चन्द्रनगर गाउँपालिकामा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई दुुई दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।
अष्ट्रेलियन एड, ह्याण्डी क्याप, राष्ट्रय रोजगार प्रवद्र्धन केन्द्र , विश्व शिक्षा, वल्र्ड भिजन तथा चन्द्रनगर गाउँपालिकाको सहजिकरणमा संचालित समावेशी शिक्षा सुदृद्धीकरण(सिकाइ) परियोजना अन्तर्गत चन्द्रनगरका ७ वटा विद्यालयको ३० जना विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई क्षमता अभिवृद्धी तालिम प्रदान गरिएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका सिकाई परिचालक पुनम साहले जानकारी दिनुुभयो ।
तालिम मंगलवार बाट सुुरु भई बुुधवार समापन गरिएको थियो । तालिममा विद्यालयको वर्तमान अवस्था लेखाजोखा, विद्यालय सञ्चालन सम्बन्धी बनेका ऐन नियम र समावेशी नीति, बालमैत्री क्रियाकलाप, राम्रो विद्यालयको परिकल्पना, नेतृत्व विकास, बालमैत्री क्रियाकलाप लगायत विभिन्न विषय बस्तुमा छलफल गरिएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद साहले जानकारी दिनुुभयो ।
यसै गरी बुुधवार तालिम समापनको अवसरमा चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले बोल्नुु हुदैँ आफुुले चन्द्रनगरको शिक्षा सुुधार गर्न हर सम्भव प्रयास गर्ने बताउनुुभयो ।