१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
महिलाहरुलाई सिलाई कटाई तालिम – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

महिलाहरुलाई सिलाई कटाई तालिम

महोत्तरी, २६ साउन । महोत्तरीको एकडारा तथा सम्सी गाउँपालिकामा महिलाहरुलाई सिलाई कटाई तालिम प्रदान गरिएको छ । एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा एकडारा र सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत महिलाहरुका लागि सिलाई कटाई सम्बन्धी सीपमुलक तालिम आज सम्पन्न भएको छ ।

तालिमको समापनका अवसरमा बोल्नुहुँदै एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले सीपको माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर बन्न मद्दत गर्ने बताउनुभयो ।

“सीप जीवनको हरेक मोडमा उपयोगी हुन्छ” अध्यक्ष मण्डललेले भन्नुभयो “तालिमबाट सिकेको सीपलाई ब्यवहारमा लागु गरेर आयआर्जन गरी आत्मनिर्भर बन्नु पर्छ ।”

सोही अवसरमा बोल्दै एकडारा गाउँपालिका वडा नं. १ का अध्यक्ष मनोज मण्डलले सीप सिकेका सबै महिलाहरुले अब सिलाई कटाईको ब्यवसायिक यात्रा शुरु गर्नु पर्ने बताउनुभयो ।

३ सय ९० घण्टाको उक्त ३ महिने सिलाई कटाई तालिममा १० जना महिलाहरुको सहभागिता रहेको थियो भने तालिममा प्राविधिक सहजीकरण जानकी टेक्निकल ट्रेनिङ सेन्टर जनकपुरले गरेको थियो ।

तालिममा सहभागीहरुलाई ब्यवसाय शुरुवातका लागि सिलाई मेसिन, फर्निचर लगायतका आवश्यक औजार तथा उपकरणहरु समेत प्रदान गरिएको एकिकृत ग्रामिण विकास समाजका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दिनुभयो ।

एकिकृत ग्रामिण विकास समाजका कार्यक्रम अधिकृत आरती चौधरीले संचालन गर्नुभएको तालिमको समापन कार्यक्रममा जानकी टेक्निकल ट्रेनिङ सेन्टर, जनकपुरका व्यवस्थापक रामनारायण मण्डल, एकडारा गाउँपालिकाका श्री नारायण मण्डल समेतले मन्तव्य ब्यक्त गर्नुभएको थियो भने तालिमका सहभागीहरुले समग्र तालिमको अनुभव सुनाउँदै सिकेको सीपलाई लागु गरी सिलाई कटाई ब्यवसायलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.