
सर्लाही,२८ साउन । सर्लाहीको पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकामा विद्यार्थीहरुलाई छाता र पानी खाने बोतल दिन सुुरु गरिएको छ । बागमती सेवा समाज नेपालले बाल स्पोन्सरशीप परियोजना अन्तर्गत जिल्लाको दक्षिण–पूर्वी भेगमा पर्ने यी दुई पालिकामा सो संख्याका विद्यार्थीलाई छाता र पानी खाने बोतल उपलब्ध गराएपछी विद्यार्थीहरु खुुसी भएका छन ।वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र बागमती सेवा समाज नेपालको साझेदारीमा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तरगत हरिपुर्वा न.पा र पर्सा गाउँपालिकामा दर्ता गरिएका ७ हजार ३ सय आरसी बाल बालिकाहरूलाई छाता र बोतल बाड्ने काम सुरु भएको छ।
छाता र पानी खाने बोतल बागमती सेवा समाज नेपाल हरिवनका अध्यक्ष भरत कुमार कार्कीले आइतवार वितरण गरेका छन । बागमती सेवा समाज नेपाल बाल स्पोन्सरशीप परियोजना अन्तर्गत हरिपूर्वा र पर्सामा बालबालिकाको शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको छ ।आर्थिक अवस्था कमजोर रहेका विद्यालय जान नपाएका बालबालिकालाई जोड दिएर काम गरिरहेको बागमती सेवा समाज नेपालले निरन्तर रुपमा काम गरिरहेको अध्यक्ष कार्कीले दाबी गरे ।
संस्थाका अध्यक्ष कार्की र वल्र्ड भिजनकी प्रतिनिधि सीता चौधरीको उपस्थितिमा बालबालिकालाई वर्षायाममा विद्यालय जाँदा ओढनका लागि छात र घरबाटै स्वच्छ पानी लैजानका लागि बोतल वितरण गरेको छ ।कार्कीका अनुसार छाता तथा बोतल वितरण कार्यक्रममा अहिले व्यापक रुपमा फैलिरहेको आँखा पाक्ने रोगबाट बच्ने उपायका सम्वन्धमा स्वास्थ्यकर्मीबाट अभिमुखीकरण समेत प्रदान गरिएको छ ।