
भक्ती रिजाल
लालबन्दी१२ भदौ। नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिब तथा मधेस प्रदेशका इन्चार्ज लीलामणि पोख्रेलले माओबादी पार्टी स्थापित गर्न एक चोटि सबै लाग्नु पर्नेमा जोड दिनु भएको छ ।
“जनता संग माओबादी बिशेष रुपान्तरण अभियान !” अन्तर्गत सर्लाहीको लालबन्दीमा भएको कार्यक्रममा बोल्नु हुँदै पोख्रेलले विभिन्न समयमा भएका परिवर्तनको आन्दोलनमा मधेसले ठूलो त्याग र समर्पण पस्तुत गरेको बताउनु भएको छ ।
एक प्रसंगमा आफू पनि बिध्यार्थी जीवनमा मधेस प्रदेसका विभिन्न जिल्लामा रहेर काम गरेको पोख्रेलले स्मरण गर्नु भयो ।
जिल्ला सन्वय समिती सर्लाहीको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा जिल्लामा रहेका प्रदेश कमिटी सदस्य, जिल्ला समन्वय समिती सदस्य, जबस मोर्चाका केन्द्रिय सदस्य तथा जनप्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
जनता संग माओवादी विषेश रुपान्तरण अभियान कसरी लैजाने भन्ने बिषयमा अभिमुखिकरण भएको एक नेताले बताउनुभयो।
यहि भदौ १६ गते वाट प्रारम्भ हुने ३ महिने अभियानमा वडा कमिटीहरुको वैठक सदस्यता नविकरण हरेक वडा र टोलहरुमा जनसंघर्षका कार्यहरू गर्ने बताइएको छ ।
वडा र नगर कमिटीको पुनर्गठन गर्दै विधान सम्मेलन र विषेश महाधिवेशन गर्ने पार्टीको योजना रहेको पार्टीका हरिवन नगर कमिटी इन्चार्ज तथा जिल्ला सम्न्वय समिति सदस्य अर्जुन पन्तले जानकारी दिनु भयो ।