
भक्ती रिजाल- सर्लाही
सर्लाही,१३ भदौ । सर्लाहीको हरिवन बजार प्रबेश गर्ना साथ” जो कसैको मुखमा झुन्डिएको “शब्द” हुने गर्छ” आहा !”आज कृष्ण दाइको चटपटे पसल जाने र चटपटे खाने !”
चटपटेक पारखिहरुका लागि एउटा गन्तव्य जस्तै बनेको छ” कृष्ण दाइको चटपटे । उसिनेको आलु, मुरै, मम्फली, चना, केराउ, कागती, प्याज लगयतका सामाग्री प्रयोग गरि बनाइने चटपटे आफैमा स्वादिलो परिकार हो ।
हरिवन बजारमा रहेको सगुन सहकारीको ठिक दक्षिणमा छ” कृष्ण दाइको चटपटे पसल । पसलमा पुग्ना साथ रामबाबुले सबैलाई हात जोड्छ्न, र भन्छ्न ; हजुर आरामै हुनु हुन्छ” बस्नुहोस ।
उनी हुन रामबाबु साह, बोर्डमा छोराको नाम छ “कृष्ण” अहिले सबैले कृष्ण दाइको चटपटे पसल भनेर सम्बोधन गर्दा खुसी लाग्ने गरेको रामबाबु बताउछ्न ।
रामबाबु बिहानै उठ्छ्न चटपटेका घरायसी सामान तयार पार्छन र बजार निस्कन्छ्न ; उनि भन्छ्न चटपटेको सरदाम तयारी गर्दा गर्दै एक बिहान बित्छ ।
हरिवन बजार गएका बेला सधैं कृष्ण दाइको दोकानमा गएर चट्पटे खने गरेको बताउछिन, अत्रौलिकी समझना लामा ।
सम्झना भन्छिन् बजार गएर महङ्गो नास्ता खानु भन्दा जिब्रोमा झुन्डिएको कृष्णको चटपटे नै मन पर्छ ।
कृष्णको चटपटेमा प्याकिङ भएर काठमाडौं, पोखरा लगायतका विभिन्न सहरमा जाने गरेको छ ।
हरिवनमा पढ्न बसेकी संगिता राइ पनि साथिहरु संग हप्ताको दुई दिन कृष्णको चटपटे पसलमा पुग्छिन, कृष्णको हातले बनाएको स्वादिलो चटपटे खान्छिन !” र साथीहरूलाई पनि ख्वाउछिन ।
संगिता जस्तै चटपटेका पारखिहरुको गन्तव्य बन्ने गरेको छ कृष्ण दाइको चटपटे पसल ।
झन्डै बीस बर्ष देखी चटपटेको ब्यबसाय गर्दै आएका रामबाबुले यसै ब्यबसाय बाट कमाएको पैशाले हरिवन बजार छेउमा पक्की घर बनाएका छ्न । दुई भाइ छोरालाइ निजि बिधालयमा महंगो सुल्क तिरेर पढाएका छ्न
मुसुक्क हाँस्दै मसलेदार चटपटे बनाइ रहेका कृष्णको दुख पनि कम छैन ! के गर्नु सर, महंगी बढ्यो, सामानको भाउ बढ्यो !” तै पनि ग्राहकको स्वादलाइ मर्न दिएको छैन ।
कृष्णको व्यावसायिक दुख पनि रहेछ !” हाल सम्म उनी बजारको तीन स्थानमा सरिसकेछ्न, कृष्ण भन्छ्न ; कमाएर खान पनि नदिने भए !” न मेरो कसै संग दुश्मनी छ । किन मलाइ मात्रै लखेट्छ्न घर साहुहरु ।
समस्याका बाबजुद पनि राम बाबू खुसी छ्न ।” उनी भन्छ्न ” मेहेनत र पसिना बगएर कमाएको पैशामा भगवान बसेका हुन्छ्न जस्लाइ कसैले हर्न सक्दैन । परिश्रमी रामबाबुका परिश्रमी हातलाइ हाम्रो पनि सलाम ।