१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
देशलाइ चिनाउने खेलकुद र खेलाडीलाइ ओझेलमा पारिदै – Nigrani Today
खेलकुदताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

देशलाइ चिनाउने खेलकुद र खेलाडीलाइ ओझेलमा पारिदै

भक्ती रिजाल-सर्लाही

सर्लाही,१९ भदौ । सर्लाहीमा तेक्वान्दो खेललाइ स्थापित गर्ने खेलाडी मध्येका भरत भन्डारी केही दिन अगाडि प्रफुल्ल मुद्रामा भेटिए !” उनमा जोस थियो, जागर थियो, खेल प्रतिको अगाध स्नेह र माया थियो !”

“उन्नाईस बर्ष पछी आफ्ना (साथी) खेलाडीहरुको एक तह बडुवाको खबर संगै आफू पनि अधिकृत हुन पाएकोमा भण्डारी पुलकित नहुने कुरै थिएन !”

खेलकुद मन्त्रालयले ढिलै भए पनि राम्रो निर्णय गरेको भन्दै भन्डारीले धन्यबाद दिए !”

५१ साल देखि करारमा सेवा गरेका खेलाडीले ६१ साल बाट नायब सुब्बाको रुपमा जागीर आरम्भ गरेका थिए । त्यस्को झन्डै १९ बर्षको रस्सा – कस्सी पछी बढुवा (अधिकृत) बन्न निक्कै ठूलो संघर्ष गर्नु परेको तेक्वान्दोका अन्तरास्ट्रिय रेफ्री तथ प्रशिक्षक निरमणी केसीले बताए !”

नायब सुब्बा भएको १९ बर्ष पछी बढुवा हुदा खुसी भन्दा पनि राज्यका लागि खेलेका खेलाडी प्रति सरकातले देखाएको हेपाहा प्रवृत्तिले चित्त दुखेको केसीको भनाइ थियो ।

लामो समय देखि खेल क्षेत्रमा लागेक हालका प्रशिक्षक चेत बहादुर ठकुरीको मत पनि उस्तै छ । “जस्ले रास्ट्रका लागि खेल्न सिकायो, अनुशासन सिकायो उसैले राज्य संग अधिकारका लागि लड्नु पर्ने !”

ठकुरीले भने खेलाडीहरुले कालो पट्टी बाँधेर आन्दोल्न गर्नु परेकोमा हामी खुसी थिएनौ तर आज ढिलै भए पनि सरकारको निर्णयको स्वागत गर्छौ ।

देशलाइ चिनाउने सबिता राजभण्डारी जस्ता खेलाडी जन्माउने जिल्ला त्यस्मा पनि हरिवनले गौरबमय इतिहास रचेको भनाइ छ खेलाडी तथा प्रशिक्षक गीता चौधरी (लामा ) को ।

एक समय हरिवनको तेक्वान्दो डोजाङ देशमा उत्कृष्ट थियो, रास्ट्रिय तथा अन्तरास्ट्रिय मेडल ल्याइ रहन्थ्यो, सर्लाहीकै हरिवन निवासी खेलाडी सबिता राजभण्डारीले एसियडमा ल्याएको कास्य पदक आज सम्मको देशकै उत्कृष्ट पदक हो । यो हरिवनको लागि गौरबको बिषय हो ।
“स्वास्थ्यका लागि खेलकुद !” रास्ट्रका लागि खेलकुद !”भन्ने मुल नाराका साथ खेलकुदम लाग्नेहरु बिस्वको जुन सुकै कुनामा गए पनि भोकै मर्नु पर्दैन भन्छ्न प्रशिक्षक चित्र बहादुर पुलामी ।

“खेल भनेको अनुशासन हो” जस्लाइ पालन गर्न सक्ने मात्रै अगाडि बड्छ जस्का ललागी कुनै पनि खेलाडीले तीन महिनामा ग्रेडिङ गर्नु पर्छ, तसैगरी डेढ बर्षमा ब्ल्याक बेल्ट कोर्स पूरा गर्नु अनिबार्य हुन्छ ।

पुलामी भन्छ्न “राष्ट्रका लागि खेल्ने खेलाडीका लागी कभर्ड हल छैन । स्थानिय तहमा पनि नगरपालिकाले खेल प्रती कुनै चासो नदेखाउदा खेल प्रती उदासीनता बढेको छ ।

खेलकुद मन्त्रलयले हालै प्रकासित गरेको अधिकृत पदमा तेक्वान्दो तर्फ प्रशिक्षकहरु निरमणी केसी, भरत भन्डारी, चेत बहादुर ठकुरी, जीवन राजभण्डारी तथा कराँते तर्फ चित्र बहादुर पुलामी, गोपाल लामा, गीता चौधरी ( लामा )उपलाल ध्वज लामा रहेका छ्न ।
भलिबलमा जीबनारायण सिंहको नाम पनि समाबेश भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.