
सर्लाही,१९ भदौँ । नेपाली कांग्रेस मधेश प्रदेशका उपासभापती तथा मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंह र नेपाली कांग्रेस सर्लाहीका पूर्व जिल्ला सभापती नागेन्द्र कुमार रायले शारदा बानतवालाई नेपाली कांग्रेसमा स्वागत गरेको छ ।
मन्त्री सिंह तथा पूर्व सभापती रायले मंगलवार जनकपुर बानतवालाई स्वागत गरेको छ । बानतवा नेकपा एमाले परित्याग गरी गत १७ गते सर्लाहीको ईश्वरपुरमा नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन् ।
बानतवालाई नेपाली कांग्रेसका सह–महामन्त्री जिवन परियारले टिका लगाई पार्टी प्रवेश गराएका थिए । यस अघि नेतृ बानतवा नेकपा एमाले सर्लाही जिल्ला कार्य समितिमा रहेको नेपाली कांग्रेस क्षेत्र नंंं. १ प्रदेश (ख) का सचिव नवराज कुशवाहाले जानकारी दिए ।