
सर्लाही,२० भदौ । सर्लाहीमा १७ औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवस मनाइएको छ । समाजिक न्याय र आर्थिक सशक्तीकरण ःमानव बेचबिखनको निर्मूूल मुल नाराका साथ जिल्लाको सदरमुकाम मलंगवामा जिल्ला प्रशासन कार्यालयको आयोजना मा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइएको छ ।
बुुधवारसदरमुकाम मलंगवा स्थित जिविस चौकमा मानवअधिकारकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, अधिकारकर्मीहरू तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सहभागितामा सचेतनामूलक ¥याली प्रदर्शन गरिएको छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालले सो दिवस मनाउन थालिएको हो ।मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ ।
तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नुहँदा महिला बेचबिखन विरुद्धको काम पूर्ण रुपमा सफल हुन सकेको छैन् ।महिला बेचबिखन हुन नदिन तथा बेचबिखनमा परेको चेलीलाई उद्धार गर्न सरकारले आठ पुनःस्थापना केन्द्रको स्थापना गरेको छ । हाल केन्द्रमा ७ सय ४० महिला छन् ।